Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • निर्वाचन आयोगलाई प्रश्नः राप्रपाको झन्डाबाट गाई चिह्न हटाउनुपर्ने, एमालेको सूर्य चिह्नलाई के गर्ने ?


    आइतबार, माघ ९ २०७८
    1.3K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीलाई विधानबाट हिन्दुराष्ट्र तथा राजसंस्थासहितको प्रजातन्त्र भन्ने वाक्यांश हटाउन तथा गाई चिह्न परिवर्तन गर्न निर्देशन दिएको छ ।

    राप्रपाले संशोधित विधान तथा केन्द्रीय कार्यसमितिको विवरण अध्यावधिक गर्न निर्वाचन आयोगमा निवेदन दिएको थियो । अयोगले भने नेपालको संविधानको धारा २ सय ६९ तथा राजनीतिक दल सम्बन्धी ऐन प्रतिकूल हुनेगरी विधानमा सनातन हिन्दु राष्ट्र एवम् राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिबृद्धि गर्न र कायम गर्न भन्ने वाक्यांश हटाउन आग्रह गरेको छ ।

    यस्तै नेपालको राष्ट्रिय झण्डा, निशान छाप, राष्ट्रिय फूल, राष्ट्रिय रंग, राष्ट्रिय जनावर, राष्ट्रिय पंक्षी, नेपालको नक्सा, राष्ट्रिय पहिचान बोकेका व्यक्तित्वका तस्बीर वा चिह्न दललाई प्रदान नगर्ने गएको वर्ष नै निर्णय भएको भन्दै राप्रपाको मध्यभागमा गाई चिह्न भएको भन्ने वाक्यांश पनि हटाउन आग्रह गरेको छ ।

    राप्रपा लाई निर्वाचन आयोगले पत्र पठाएपछिको अवस्थामा अब नेकपा(एमाले)को चुनाव चिन्हका बारेमा पनि प्रश्न उठ्न सक्ने कुरा राजनीतिक विश्लेषकहरु बताउन थालेका छन् ।

    नेकपा(एमाले) को चुनाव चिह्न सूर्य भएको र उक्त चिह्न राष्ट्रिय झण्डासँग मिल्ने भएका कारण यो प्रश्न उठ्न थालेको हो ।

    राप्रपाको झन्डाको मध्यभागबाट गाई हटाउँदा एमालेको चुनाव चिह्न र झन्डाबाट सूर्य हटाउने कि नहटाउने त ? निर्वाचन आयोगसामु यो प्रश्न तेर्सिएको छ । राप्रपाको झन्डाबाटमात्रै गाई हटाउनु भन्दा आयोगले साना पार्टीलाई मात्र कानुन लगाउन खोजेको अर्थ लाग्नेछ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार