काठमाडौं । नेकपा एमाले निकट राष्ट्रिय युवा संघको पोखरामा पुस ३० गते कोरमै नपुगी होटल परिवर्तन गर्दै बसेको सचिवालय बैठकले किरण पौडेलको संयोजकत्वमा गठन गरेको ४०५ सदस्यीय नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी एकपछि अर्को विवादमा परेको छ ।
पु्स ३० गते गठन गरेको आयोजक कमिटीको यसअघि गरेको सर्कुलरको बिरोध भएपछि माघ ८ गते अर्को सर्कुलर जारी गरिएको छ । यसअघिको सर्कुलरको चर्को चर्को बिरोध भएको र एमाले अध्यक्ष समानान्तर कमिटी गठन गर्नेसम्मको कुरा एमाले अध्यक्ष केपी ओलीसम्म पुगेपछि केहीको नाम थपथाप पारी अर्को सर्कुलर जारी गरिएको छ । महेश बस्नेतले आफ्नो बिरुद्ध समानान्तर कमिटी गठन गर्ने तहसम्म पुगेकाहरुमध्ये केहीलाई आयोजक कमिटीमा थपथाप गरेका छन् ।
नवौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गर्दा युवासंघका इन्चार्ज महेश बस्नेतले आफ्नो ब्यक्तिगत कम्पनी बनाएको आरोप छ । महेश बस्नेतले ९ बर्षदेखि महाधिवेशन नगरी टीकेप्रथामा युवासंघ चलाउँदै आएका छन् । एक महिनापछि युवासंघको महाधिवेशनको मिति तोकिएको छ ।
महाधिवेशन तोकिएको एक महिनाअघि आयोजक कमिटी बनाइएको छ । यसअघिको कमिटीलाई महाधिवेशन आयोजक कमिटीमा रुपान्तरित गर्ने हो, तर महेश बस्नेतले संघलाई आफ्नो प्रालि बनाउनका लागि युवा आन्दोलनमा योगदान भएकाहरुलाई पाखा लगाएर हुक्के, चम्चे र उनलाई हप्ता बुझाउनेहरुलाई राखेर हटाएर आयोजक कमिटी बनाएको आरोप अर्को पक्षको छ । बस्नेतले केन्द्रीय कमिटी सदस्य नै नरहेकाहरुलाई आयोजक कमिटीमा राखेका छन् ।
युवासंघका उपाध्यक्ष रोशन बस्नेतले भने–‘म युवासंघको उपाध्यक्ष । आयोजक कमिटी भनेको पुरानो कमिटीलाई आयोजक कमिटीमा रुपान्तरित गर्ने । महाधिवेशन सम्पन्न गर्नका लागि उपसमिति गठन गर्ने हो । तर पुरानो कमिटीमा भएका उपाध्यक्ष, उपमहासचिव, सचिवहरु हटाइएका छन् । पुरानो कमिटीका महेश बस्नेतलाई हप्ता बुझाउन नसक्ने पदाधिकारीदेखि केन्द्रीय सदस्यहरुलाई छानीछानी हटाएर उनलाई खुसी पार्नसक्नेहरुमात्र राखिएको छ । केन्द्रीय कमिटी सदस्य नै नभएकालाई आयोजक कमिटीमा राखिएको छ । यसो गर्नुको कारण हो, महेश बस्नेतहरु युवासंघमा महाधिवेशन गर्न चाहँदैनन्, टीकेप्रथा नै कायम राख्ने पक्षमा छन् । टीकेप्रथाका लागि म बाधक हुने देखेर उनीहरुले मसहितका साथीहरुलाई आयोजक कमिटीमा नराखेका हुन् ।’
रोशन बस्नेतले आक्रोस प्रकट गर्दै भने–महेश बस्नेतले युवासंघलाई निजी कम्पनीजस्तै चलाउन खोज्दैछन् । एउटा प्राइभेट कम्पनी अद्यावधिक हुनका लागि लेखापरीक्षणदेखि सबै बिधि पालना गर्नुपर्छ । म पार्टीलाई सोध्न चाहन्छु–‘के युवासंघ बस्नेतलाई ठेक्कामा चलाउन दिएको हो ? युवासंघको अध्यक्षबाट बिदा भएको ९ बर्षसम्म पनि युवासंघ चलाउने टेण्डर उनैले पाएका हुन् ?’
महेश बस्नेतको ताबेदारी नगरेबापत आयोजक कमिटीबाट हटाइएका रोशन बस्नेतले भने–‘महेश बस्नेतकै कारण युवा आन्दोलन बुम¥याङमा पर्ने निश्चित छ ।’
पोखरामा कोरम नै नपुगी बसेको सचिवालय बैठकले उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे(उज्वल), तिरण गौतम, रविन थापा, कुमार हुमागाइँ, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेताहरूलाई बिदा गरेको थियो । उनीहरुलाई महेश बस्नेतको ताबेदारी नगरेकै कारण हटाइएको भन्दै एमालेका महासचिव शंकर पोखरेलसमक्ष बिरोध गरेका थिए ।
महासचिव पोखरेलले महेश बस्नेतलाई सबैलाई समेट्न निर्देशन दिएपछि केहीलाई समेटी बिद्रोही टीममै विभाजन गर्ने प्रयास गरेका छन् । यसअघिको सर्कुलरमा छुटाइएका अमित लामा, उर्मिला सुनुवार, विष्णु घिमिरे(उज्वल) लाई पछिल्लो सर्कुलर जारी गर्दा आयोजक कमिटीमा थपिएको छ । आयोजक कमिटी गठनको बिरोध गर्नेहरुबीचमै फुट पार्नका लागि उपाध्यक्षहरु रोशन बस्नेत, तिरणराज गौतम, रविन थापाहरुलाई पछिल्लो सर्कुलरमा समेत नाम राखिएको छैन ।
महेश बस्नेतले मनलागी बिधानको ब्याख्या गरेको आरोप लागेको छ । ४० बर्ष उमेर हद नाघेको भनेर गौतमसहितका नेताहरुलाई आयोजक कमिटीमा राखिएको छैन । उमेर हदको बिषयमा पनि दोहोरो मापदण्ड अपनाइएको छ । लहानबाट महेश बस्नेत निर्वाचित भएर आउँदा ४० बर्षको उमेर हद राखियो, पछि बुटवल महाधिवेशनमा ५० बर्षसम्मकालाई पनि युवासंघमा राख्ने कार्य महेश बस्न्ेतले गरेको बिद्र्रोही पक्षको आरोप छ ।
उमेर हदकै कुरा गर्ने हो भने आयोजक कमिटीका संयोजक किरण पौडेल नै ४० बर्ष कटिसकेका छन् । उनी २०७८ भदौमै ४० बर्ष पुगिसकेका छन् । पौडेललाई नलाग्ने उमेर हद तिरण गौतमलाई लगाइएको बिषय पनि पुरानो कमिटीका पदाधिकारीले एमाले नेताहरुसमक्ष राखेका छन् । महेश बस्नेतले परशुराम बस्नेतहरुलाई हटाउनका लागि ३९ बर्ष ११ महिना २९ दिन भन्ने बिधि बनायो । फेरि बचनबहादुर सिंह अध्यक्ष भइसकेपछि ४० बर्ष ११ महिना २९ दिनको बिधि बनाउँदै ५० बर्षकालाई पनि कमिटीमा राख्ने काम बस्नेतले गरेको दृष्टान्त एमाले नेताहरुलाई युवासंघका नेताहरुले दिएका छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend