Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पाकिस्तानका रिजवान ‘आईसीसी प्लेयर अफ दि इयर’


    आइतबार, माघ ९ २०७८
    620
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आईसीसी टी-२० विश्वकपमा पाकिस्तानलाई सेमिफाइनलसम्मको यात्रा तय गराएका मोहम्मद रिजवान ‘आईसीसी पुरुष टी-२० प्लेयर अफ दि इयर २०२१’ घोषित भएका छन् । 

    आईसीसीले आइतबार पाकिस्तान विकेटकिपरसमेत रहेका ब्याटर रिजवान वर्षको उत्कृष्ट खेलाडीबाट सम्मानित भएको जनाएको हो । 

    उनले यस वर्ष २९ खेलमा १३२६ रन प्रहार गरेका थिए । जुन औसतमा ७३ दशमलब ६६ रहेको छ । यस्तै उनको स्ट्राइक रेट १३४ दशमलब ८९ छ ।मोहम्मद रिजवानले यसै वर्ष लाहोरमा दक्षिण अफ्रिकाविरुद्ध शतक प्रहार गर्दा कराँचीमा वेष्ट इण्डिजविरुद्ध ८७ रन बनाएका थिए । 

    यस्तै आईसीसीले ओमानका जिसन मक्सुदलाई एसोसियट प्लेयर अफ दि इयर घोषित गरेको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार