Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमय दर


    आइतबार, माघ ९ २०७८
    685
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७७  पैसा र बिक्री दर ११९ रुपैयाँ ३७ पैसा कायम गरेको छ ।

    युरोपियन यूरो एकको खरिद दर १३४रुपैयाँ ६६ पैसा र बिक्री दर १३५रुपैयाँ ३४  पैसा छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १६१ रुपैयाँ १५ पैसा र बिक्री दर १६१ रुपैयाँ ९६ पैसा छ ।  स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ १४ पैसा र बिक्री दर १३० रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ३९ पैसा र बिक्री दर ८५ रुपैयाँ ८२ पैसा  छ ।  क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ८३ पैसा  छ भने बिक्री दर ९५ रुपैयाँ ३१ पैसा छ ।

    जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ४२ पैसा र बिक्री दर १० रुपैयाँ ४८ पैसा  छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ७३ पैसा र बिक्री दर १८ रुपैयाँ ८३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

    साउदी अरबियन रियाल  एकको खरिर दर ३१ रुपैयाँ ६६ पैसा र बिक्री दर ३१ रुपैयाँ ८२ पैसा  छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ६२ पैसा र बिक्री दर ३२ रुपैयाँ ७८ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

    मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ३७ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५१ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर  नाै रुपैयाँ ९७ पैसा र बिक्री दर १०  रुपैयाँ  दुई पैसा कायम भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार