Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्मचारीलाई कोरोना देखिएपछि पाल्पा प्रशासनमा अत्यावश्यकबाहेक सेवा बन्द


    आइतबार, माघ ९ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पाल्पा । जिल्ला प्रशासन कार्यालय पाल्पाले अत्यावश्यक बाहेकका अन्य सेवा हाललाई स्थगन गरेको छ।

    कार्यालयमा कार्यरत कर्मचारीलाई कोरोना सङक्रमण देखिएपछि अर्को सूचना जारी नहुँदासम्म अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको हो।

    प्रमुख जिल्ला अधिकारी जगन्ननाथ पन्तका अनुसार आइतबारदेखि शान्ति सुरक्षाका मुद्दा, फोटोसहितको मतदाता नामावली सङ्कलन र नागरिकता प्रमाणपत्र बाहेकको अन्य सबै सेवा स्थगन गरिएको छ।

    पछिल्लो समय जिल्लामा सङ्क्रमण बढेको छ।

    सरकारी कार्यालयमा अत्यावश्यकभन्दा सामान्य काममा भीडभाड बढेको थियो।

    सेवाग्राहीले अत्यावश्यक सेवामा आउँदा अनिवार्यरूपमा कोरोनाविरुद्धको खोप लगाएको कार्ड देखाउनुपर्ने, मास्क लगाउनुपर्ने व्यवस्था गरिएको छ।

    जिप्रकाले कोरोना सङ्क्रमण तथा नियन्त्रणका लागि १९ बुँदे आदेश जारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार