Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • १५ सय परिवारका लागि सुनकोसी लिफ्टिङ खानेपानी योजना, लागत २४ कराेड


    आइतबार, माघ ९ २०७८
    750
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • उदयपुर । उदयपुरको कटारी नगरपालिकाका ६ वटा वडाले खानेपानीको चरम अभाव झेलिरहेकोमा अब भने खानेपानी पाउने आशा पलाएको छ ।

    सुनकोसी लिफ्टिङ खानेपानी योजना निर्माण हुने भएपछि आशा पलाएको हो । कटारी नगरपालिकाको दुर्गभ भेगमा रहेको वडा नम्बर ९, १०, ११, १२, १३ र १४ वडाबासीले खानेपानीको समस्या भोग्दै आएका छन् । ती वडामा बसोबास गर्ने वडाबासीले खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन्। 

    खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले नगरपालिकाले वडा नम्बर ९, १०, ११, १२, १३ र १४ गरी ६ वटा वडामा सुनकोसीको पानी लिफ्टिङप्रणालीमार्फत पानी तानेर गाउँमाथि रिर्जब ट्यांकी निर्माण गरी पाइपमार्फत घरघरमा पानी पुर्‍याउने लक्ष्य लिइएकाे छ।

    कटरी नगरपालिकाका ६ वटाका करिब १ हजार ५ सय घरधुरीले अहिलेसम्म खोला, खोल्सी, सुनकोसीको पानी पिउन बाध्य छन् । खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाले करिब २४ करोड लागतको खानेपानी योजना निर्माण गर्न लागेकाे हाे ।

    सो खानेपानी योजनाले १ हजार ५ सय घरधुरीलाई लक्षित गरी सुरु गर्न लागिएको योजनालाई व्यवस्थित गर्न दुई ठाउँमा रिर्जब ट्यांकी राखिने छ । पहिलो वडा नम्बर १४ घुर्मिको सुनकोसी नदीबाट पानी तानेर लेखानीको सबैभन्दा अग्लो रमाइलो डाँडामा रिजर्ब ट्यांकीमा राखिने छ । दाेस्राे वडा नम्बर १० सोरुङको कन्यादहबाट गढीथुम्कीमा  ट्यांकी राखी पानी वितरण गरिने योजना रहेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष अमर मगरले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार