Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकैपटक तीनै तहको निर्वाचन गर्नेबारे बाबुरामको टिप्पणी: बिरालो बाँधेर श्राद्ध गरिरहने ?


    आइतबार, माघ ९ २०७८
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले तीन तहको निर्वाचनमा हुने समयको खर्चबारे पुनर्विचार गर्न सुझाएका छन् । 

    प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले उपयुक्त नभएको अध्यक्ष भट्टराईको सुझाव छ। 

    पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘चुनावको मुद्दालाई दलीय स्वार्थबाट नहेरौँ । मुख्य मुद्दा यो हो: ३ चरणका स्थानीय तहका कार्यकाल वैशाख/जेठ,असार र असोजमा पूरा हुने र प्रदेशको पुस/माघ र संघको फागुनमा हुने भएकाले प्रत्येक ५ वर्ष १० महिनासम्म चुनावमा अल्झिनु समय र खर्चको हिसाबले कति उपयुक्त होला ? बिरालो बाँधेर श्राद्ध गरिरहने ?’

    पछिल्लो समय तीनै तहको निर्वाचन एकैपटक गर्न बहस भइरहेको बेला भट्टराईले यस्तो सुझाव दिएका हुन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार