Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संघ र प्रदेशमा योजना माग गर्ने सत्ता गठबन्धनको निर्णय 


    आइतबार, माघ ९ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • खोटाङ । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकाका सत्ता गठबन्धनले संघीय र प्रदेश सरकार समक्ष विकासे योजना माग गर्ने निर्णय गरेको छ ।

    गठबन्धनमा रहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको याङसोलाटारमा बसेको बैठकले गाउँपालिकामा भएका भौतिक विकासको समग्र बिषय अध्यन गर्ने गर्दै संघीय सरकार र प्रदेश सरकार समक्ष विभिन्न योजना माग गर्ने निर्णय गरेको हो ।

    बैठकले सडक, खानेपानी, सिँचाई, पर्यटन, सहरीकरण, खेलमैदान लगायतका योजना माग गर्ने निर्णय गरेको कांग्रेस दिप्रुङ चुईचुम्मा गाउँपालिका सभापति अमृत गिरीले जानकारी दिए । 

    कांग्रेस पालिका सभापति गिरीको अध्यक्षतामा भएको बैठकमा नेकपा माओवादी केन्द्रका पालिका कमिटि अध्यक्ष राजेन्द्र राई, नेकपा एकीकृत समाजबादीका पालिका कमिटि अध्यक्ष शेरबहादुर थापा, जनता समाजबादी पार्टीका पालिका अध्यक्ष पृर्थिकुमार राई लगायतको उपस्थिति रहेको थियो । 

    बैठकमा कांग्रेसका प्रदेश महाधिवेशन प्रतिनिधि पुर्णबहादुर खड्का, नेकपा एकीकृत समाजबादीका जिल्ला उपाध्यक्ष नरेशराज राई, जिल्ला सदस्य ओमिराज राई, पेशल गुरागाई, पालिका उपसभापति भिमबहादुर राउत, नेकपा माओवादी केन्द्रका पालिका कमिटि उपाध्यक्ष किशान राई, सचिव दिपक पौडेल लगायत आमन्त्रित थिए । आगामी बैठक चक्रिया प्रणालीमा सञ्चालन हुने सत्ता साझेदार दलले जनाएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार