Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • वर्षमान पुन सोमबार स्वदेश फर्किने, अब माओवादी पदाधिकारीको टुंगो लाग्ने


    शनिबार, माघ ८ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमन पुन सोमबार स्वदेश फर्किने भएका छन् ।

    थाइल्याण्ड हुँदै थप उपचारका लागि मंसिरमा चीन पुगेका पुन स्वास्थ्यलाभ गरी सोमबार स्वदेश फर्किन लागेका हुन् ।

    ‘बैंकक र चीनको लामो उपचारपछि माघ १० गते पूर्ण स्वास्थ्य लाभ गरेर नेपाल फर्किँदैछु,’ नेता पुनले भनेका छन् । ​

    पुन उपचारका लागि चीनमा रहँदा माओवादी केन्द्रले आठौं महाधिवेशनमा पदाधिकारी टुंगो लगाउन सकेको छैन । पुन महासचिवका प्रबल दाबेदार हुन् । उनी आएपछि पदाधिकारी र बाँकी केन्द्रीय सदस्य टुंग्याउने अध्यक्ष प्रचण्डको तयारी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार