Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्रीको सम्बोधनमा कोमल वलीको टिप्पणी : रस र भावना नभएको गुनगुन !


    शनिबार, माघ ८ २०७८
    900
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं ।। नेकपा एमालेकी केन्द्रीय सदस्य एवं गायिका कोमल वलीले प्रधानमन्त्री शेरबहादुर देउवाको सम्बोधनमा कुनै दृष्टिकोण नआएको टिप्पणी गरेकी छन् ।

    प्रधानमन्त्री देउवाले शुक्रबार राष्ट्रका नाममा सम्बोधन गर्दै आफ्नो ६ महिने कार्यकालमा गरेका कामकारवाही प्रगति विवरण सुनाएका थिए ।

    त्यसका टिप्पणी गर्दै वलीले रस र भावना नभएको गुनगुन भनेकी छन् ।

    ‘प्रधानमन्त्रीको सम्बोधन मा न कुनै रस छ, न कुनै दृष्टिकोण छ । न कुनै भावना- न कुनै भविश्य छ । केवल गुनगुन मात्र छ । यसले मुलुकलाई कही पुर्‍याउँदैन,’ उनले भनेकी छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार