Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद् चल्न नदिने हो भने भंग गरेर चुनावमा जानुपर्छ: माधव नेपाल


    शुक्रबार, माघ ७ २०७८
    815
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले  ‘संसद् चल्न नदिने हो भने भंग गरेर र चुनावमा जानुपर्ने धारणा ब्यक्त गरेका छन्। 

    पूर्वप्रधानमन्त्री  समेत रहेका नेपालले संसद खुलाउन धेरै प्रयास भएको र त्यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवा बालकोट (ओली निवास) मै गएको बताए। 

    कान्तिपुरसँगको कुराकानीमा अध्यक्ष नेपालले भनेका छन्, ‘संसद खुलाउन धेरै प्रयास भएको छ, प्रधानमन्त्री देउवाजी ओली निवास (बालकोट)मै जानु भयो। त्यति गर्दा पनि टेर्दैनन् भने ओलीलाई कसले सम्झाउने ? अब जनतामा जान दिनुपर्छ।’

    कुराकानीमा अध्यक्ष नेपालले अब चुनाव नै अन्तिम विकल्प रहेको भन्दै ओलीलाई दण्ड दिनकै लागि भए पनि जनतामा जानुपर्ने बताए। ‘अरू केही उपाय छैन । दण्ड दिएर प्रतिपक्षमा झार्नुपर्छ,’ नेपालले भने, ‘त्यसपछि बल्ल तह लाग्छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार