Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना संक्रमितले पनि राष्ट्रियसभा निर्वाचनमा भोट हाल्न पाउने


    बिहिबार, माघ ६ २०७८
    805
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । आगामी माघ १२ गते हुन गइरहेको राष्ट्रियसभा निर्वाचनमा कोरोना संक्रमित मतदाताले पनि भोट हाल्न पाउने भएका छन् ।

    बुधबार निर्वाचन आयोगले राष्ट्रियसभा चुनावबारे १९ बुँदे मापदण्ड स्वीकृत गर्दै कोरोना संक्रमितले पनि भोट हाल्न पाउने गरी व्यवस्था गरेको हो।

    कोरोना संक्रमित भएको भए पनि एक व्यक्तिबाट अर्को व्यक्तिलाई नसर्ने गरी भोट हाल्न पाउने व्यवस्था मिलाउने भन्ने भएको आयोग स्रोतको भनाइ छ । आयोगका अनुसार संक्रमित भएकाहरुलाई भोट हाल्न मतदान केन्द्रमा छुट्टै बाकसको व्यवस्था गरिनेछ ।

    राष्ट्रिय सभामा प्रदेश सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुख मतदाता रहन्छन् । निर्वाचन आयोगले ७ वटै प्रदेशको प्रदेश राजधानीमा चुनाव हुने गरी मतदान केन्द्र राखेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार