Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले रौतहटको अधिवेशन पुनः गराउन केन्द्रीय समितिसँग माग


    बुधबार, माघ ५ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • राैतहट । नेकपा एमाले स्थायी कमिटी सदस्य प्रभु साह पक्षले एकलौटी रूपमा रौतहटमा नयाँ नेतृत्व घोषणा गरेको भन्दै अर्को पक्षले असन्तुष्टि जनाउँदै आएको छ । साह पक्षले त्रिभुवन साहलाई जिल्ला अध्यक्ष चयन गरेपछि निवर्तमान अध्यक्ष तुल्सीराज गिरी पक्षले आपत्ति जनाउँदै आएको हो । 

    एमाले नवौं जिल्ला अधिवेशनबाट साहको अध्यक्षतामा १ सय ३५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयनको घोषणा गरिएको थियो । माघ २ गते सहमतिको प्रयास नै नगरी अध्यक्ष मण्डलले गरेको प्रस्तावित कमिटीलाई बन्दसत्रका प्रतिनिधिले पूर्ण अस्वीकार र खारेज गरेको गिरी पक्षले जनाएको छ ।

    पार्टी प्रदेश कमिटी अध्यक्ष राम औतार  यादवले स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज प्रभु साह, पोलिटव्युरो सदस्य एवं प्रदेश सहइन्चार्जहरू लीलानाथ श्रेष्ठ, समन प्याकुरेल, अच्युत मैनालीको उपस्थितिमा अधिवेशन हल बाहिर अज्ञात स्थलमा गई प्रतिनिधिलाई थाहै नदिई कमिटीका पदाधिकारीलाई शपथ ग्रहण गराउनु आपत्ति जनक रहेको गिरी पक्षको आरोप छ।

    गिरी पक्षले विधि र विधान अनुरूप नयाँ कार्यसमिति गठन गर्न केन्द्री समितिसँग माग गरेको छ।

    271538284_948442219126655_2088996066638334585_n.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार