Nepal Face
  • शुक्रबार, २८ कार्तिक २०८३
  • प्रचण्डको विश्वासमाथि कुठाराघात नगर्ने मन्त्री आलेको प्रतिबद्धता (भिडियो)


    सोमबार, माघ ३ २०७८
    1.1K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डको विश्वासमाथि कुठाराघात नगर्ने बताएका छन्। 

    पछिल्लो समय सबैतिर जनमुखी निर्णय गरेको भन्दै चौतर्फी प्रशंसा कमाइरहेका मन्त्री आलेले एक भिडियो सार्वजनिक भएको छ। 

    सामाजिक सञ्जालमा सार्वजनिक भएको उक्त भिडियोमा मन्त्री आलेले आफूलाई गठबन्धनका नेता प्रचण्डले नै पर्यटनमन्त्री बनाएको र आफूले उनको विश्वासमाथि घात नगर्ने बताएका छन्। 

    मन्त्री आलेले पछिल्लो समय निरन्तर ओरालो लाग्दै गएको नेपाल वायुसेवा निगमलाई उकास्नदेखि त्रिभुवन विमानस्थलमा सटल बसलगायतका जनमैत्री कार्यहरु गरेर वाहवाही पाइरहेका छन्। अझ केही दिनयता दिनहुँ चर्चामा रहेको नारायणहिटी दरबार संग्रालय परिसरमा बतास समूहले रेस्टुरेन्ट बनाउन लागेको खबर सार्वजनिक भएपपछि त्यसको विरोध गरेका उनले उक्त संरचना नै भत्काइदिए ।

    बतासकै लगानीमा चलिरहेको पशुपति क्षेत्रको धर्मशालामा पनि उनले छानबिन समिति गठन गरेका छन्, यदी गलत तरिकाले उक्त होटल संचालन भएको पाइएमा तत्काल कारवाही गर्ने उनको भनाइ छ ।  

    यस्तै, उनले हिजो मात्रै १३ करोड राजश्व नतिरी अमेरिका भाग्न लागेका क्यासिनो संचालक अमेरिकी नागरिक माइकलाई पनि विमानस्थलमै पक्राउ गर्न निर्देशन दिएका थिए ।

    तत्कालिन केपी ओली नेतृत्वको सरकारमा बनमन्त्री हुँदा रुखले कार्वनडाईअक्साइड फाल्छ भनेर आलोचना खेपेका आलेले शेरबहादुर देउवा नेतृत्वमा पर्यटनमन्त्री बनेर प्रशंसा कमाइरहेका छन्। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार