Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सहरी विकासमन्त्री झाँक्रीले १०० दिने प्रगति सार्वजनिक गर्दै


    सोमबार, माघ ३ २०७८
    2.9K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । सहरी विकासमन्त्री रामकुमारी झाँक्री आज आफ्नो कार्यसमीक्षा र प्रगति विवरण सार्वजनिक गर्दैछिन् । 

    मन्त्रालयको कार्यभार सम्हालेको १०० दिन पुगेको अवसरमा उनले आज मध्यान्न पत्रकार सम्मेलनकाे आयाेजना गरी प्रगति विवरण सार्वजनिक गर्ने कार्यक्रम छ ।

    गत असार अन्तिम साता प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले २२ असाेजमा मात्र मन्त्रिपरिषद् विस्तार गरेका थिए । २२ असाेजमा १६ मन्त्री र २ राज्यमन्त्री थपिँदा झाँक्री पनि सहरी विकासमन्त्री बनेकी थिइन् । 

    उनी आज १०० दिने प्रगति सार्वजनिक गर्न लागेकी हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार