न्यूज कारखाना
खोटाङ, २९ पुस
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले ‘पत्रकारले गल्ती गर्दैन’ भन्ने मान्यतामा विचलन आउन दिन नहुने बताएका छन् । नेपाल पत्रकार महासंघ शाखा खोटाङको संयोजनमा प्रेस काउन्सिलले बिहीबार दिक्तेलमा आयोजना गरेको पत्रकार आचार संहिता जागरण र मिडियाप्रतिको जनगुनासो सुनुवाई कार्यक्रममा अध्यक्ष बस्नेतले पत्रकारबाट गल्ती हुँदैन भन्ने स्थापित मान्यतामा विचलन आउन नदिन पत्रकारलाई आग्रह गरेका छन् ।
‘पत्रकारले गल्ती गर्दैन । पत्रकारले लेखेको साँचो हो भन्ने मान्यता छ, त्यो मान्यतामा विचलन आउन दिनु भएन । पत्रकारले लेखेको ठीक हो, कुनैपनि मिडियामा जुनसुकै कुरा लेखेको होस्, त्यो साँचो हो भनेर जनताले पत्याइदिनु पर्छ । पत्याउँनु पर्छ । त्यो मान्यता छ,’ अध्यक्ष बस्नेतले भने, ‘अव पत्याउन छाडे भने हामीमाथि प्रश्न उठ्छ, पत्रकार यस्तै हुन् भन्न थालियो भने के हुन्छ हालत । यो विकसित हुन दिन हुन्न ।’
‘नेता बन्ने भए राजनीतिमा लाग्नुस्’
अध्यक्ष बस्नेतले नेता बन्न रहर भएका पत्रकारलाई पत्रकारिता छाडेर सक्रिया राजनीतिमा लाग्न सुझाव दिएका छन् । पत्रकारमाथि नेता की पत्रकार भन्ने प्रश्न उठिरहेको उल्लेख गर्दै अध्यक्ष बस्नेतले राजनीतिक दलमा सक्रिया हुने हो भने पत्रकारिता कर्म छाडेर ढुक्कले राजनीतितिर लाग्न सुझाव दिएका हुन् ।
‘हामीमाथि पत्रकार हो की राजनीतिक दलको नेता हो भन्ने खालको प्रश्न उठिराखेको छ । हामीले त्यस्तो काम नगरौं । राजनीतिक दलमा सक्रिया हुने हो भने पत्रकारिता कर्म छाडौं, ढुक्कले राजनीतितिर लागौं,’ बस्नेतले भने, ‘सबैको आस्था हुन्छ, कतै मत हाल्न सकिन्छ, लविङ गर्न सकिन्छ तर सक्रिया राजनीति गर्नुहुन्छ, नेता बन्नुहुन्छ भने पत्रकारिता छोड्नुस् । जनताले प्रश्न उठाउँछ । पाठकले पत्याउँदै पत्याउँदैन ।’
अध्यक्ष बस्नेतले अरुलाई प्रश्न उठाउने पत्रकारमाथि अरुले प्रश्न उठाउने ठाउँ दिन नहुनेमा जोड दिएका छन् । उनले पत्रकारिताको अलवा अन्य काम गर्न मिले पनि पत्रकारितामा प्रश्न उठ्नेगरी अरु काम गर्न नहुने बताएका छन् । ‘छातीमा हात राखेर भनौं त हामी कति स्वतन्त्र, स्वस्थ र स्वच्छ पत्रकार छौँ । हामीमाथि किन प्रश्न उठिरहेको छ ?,’ अध्यक्ष बस्नेतले भने, ‘हामीले अरुलाई प्रश्न उठाउने हो, अरुले प्रश्न उठाउने ठाउँ दिनु हुँदैन ।’
प्रेस काउन्सिलका सदस्य ठाकुर बेलबासेले सञ्चार माध्यममा व्यक्ति वा संस्थाको मान हानी, चरित्र हत्याका घट्ना बढी भएको, एक सञ्चार माध्यमको समाचार हुबहु गरेर सार्ने गरेको, समाचारलाई विज्ञापन र विज्ञापनलाई समाचारका रुपमा प्रस्तुत गरेको पाइएको बताए । सदस्य बेलबासेले गत साउनदेखि १६ पुससम्मको अवधिमा १०३ वटा उजुरी परेकामा ६५ वटा फछ्र्यौट भएको जानकारी दिएका छन् ।
कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल, प्रमुख जिल्ला अधिकारी फडिन्द्र दाहाल, सम्पादक समाजका अध्यक्ष कृष्ण आचार्य, गैसस महासंघका जिल्ला अध्यक्ष दानबहादुर राई लगायतले पत्रकारलाई एउटा दलको नभएर साझा बन्न सुझाव दिएका छन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend