Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुनसरी एमाले अध्यक्षमा भण्डारी प्यानल विजयी, कमजोर देखिए द्वारिकलाल चौधरी


    बिहिबार, पुष २९ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी।नेकपा एमाले सुनसरी जिल्ला कमिटी सातौं अधिवेशनबाट अध्यक्षमा रेवतीरमण भण्डारी विजयी भएका छन् । निकै लामो संर्घषपछि चुनावी मैदानमा अन्य दुई प्रतिष्पर्धीलाई पछि पार्दै उनी अध्यक्ष भएका हुन् ।

    भण्डारीले ९२० मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी खेमराज पोखरेल ७७५ र द्धारिकलाल चौधरीले ८० मत मात्रै पाए । पार्टीभित्र आफ्नो बलियो प्रभाव रहेको दाबी गर्ने चौधरीको मत निकै कम आएको छ ।

    यस्तै उपाध्यक्षमा भण्डारी प्यानलबाट निलम खनाल निर्वाचित भएका छन् भने सचिवमा परशुराम यादव निर्विरोध भइसकेका थिए । उपसचिवमा राम कोइराला र योग्यराज खड्का निर्वाचित भएका छन् । यादव, कोइराला र खड्का भण्डारी समर्थक हुन् । यो नतिजा देखिएसगैं अन्य पदमा पनि भण्डारी समर्थक नेताहरु विजयी बन्ने संकेत देखिएको छ । 

    विजयी र पराजित उम्मेदवारहरुले पाएको मत परिणाम यस्तो छ-

    जम्मा मतदाता : १८०५

    अध्यक्ष

    रेवती भण्डारी – ९२०

    खेमराज पोख्रेल – ७७५

    द्वारिकलाल चौधरी- ८०

    उपाध्यक्ष

    नन्दकुमार बस्नेत -७००

    निलम खनाल – १०११

    उपसचिव

    अन्जनीकुमार पोख्रेल – ४९७

    अर्जुन गहतराज – २२९

    पदमप्रशाद लिम्बु – ५२५

    योग्यराज खड्का – ५६३

    लहरुमाया जिमी – २४९

    लोकेश निरौला – ४८४

    राम कोइराला – ८२१

    न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार