Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • पार्टीको सभासम्मेलन स्थगित गर्न माधव नेपालको निर्देशन


    सोमबार, पुष २६ २०७८
    2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टी ठूला सभा, सम्मेलन स्थगित गर्न निर्देशन दिएका छन् ।

    सोमबार पार्टी अध्यक्ष माधव कुमार नेपाल एक विज्ञप्ति जारी गर्दै उनले धेरै मानिसहरु सहभागी हुने सभा सम्मेलन स्थगित गर्न निर्देशन दिए । उनले आन्तरिक बैठक तथा प्रशिक्षण कार्यक्रममा पनि सकेसम्म वैकल्पिक माध्यम अपनाउन आग्रह गरेका छन् ।

    ने‍ता नेपालले चार बुँदे अनुरोध गर्दै स्वास्थ्य मापदण्ड पालना गर्दै र तोकिएका उमेर समूहकालाई खोप लगाउन आग्रह गरेका छन् । 

    अध्यक्ष नेपालले सार्वजनिक स्थलमा अनावश्यक भिडभाड नगर्न र पार्टीका भेला, बैठक तथा प्रशिक्षण कार्यक्रमहरुमा निश्चित नेताहरु मात्र सहभागी गराउन निर्देशन दिएका छन् । देशभर कोरोना भाइरस संक्रमण बढेको भन्दै उनले त्यसप्रति सचेत हुनुपर्ने भन्दै पार्टीका कार्यक्रम गर्दा सचेतता अपनाउन आग्रह गरेका छन् । न्युज कारखाना

    madhav-nepal.png.png
    undefined

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार