इलाम। नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका नेता सुवास नेम्वाङले एमालेले सभामुखसँग छलफल नगर्ने बताएका छन् । इलाममा सञ्चारकर्मीसँग कुरा गर्दै नेम्वाङले सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै संसद् अवरोधको विषयमा सभामुखसँग छलफल नहुने बताएका हुन् ।
‘सभामुखले रेफ्रिको भूमिका निष्पक्ष रूपमा निभाउनु भएन । अरूको हकमा एउटा निर्णय गर्ने, हामीले गरेको निर्णयको सूचना नटाँस्ने ? दुई दलको बिचमा फरक व्यवहार गर्न पाइँदैन’, नेम्वाङले थपे, ‘जसको विषयमा प्रश्न उठेको छ उहाँसँग के छलफल गर्ने ?’
सभामुख नेम्वाङ सत्तापक्षले उठाएको माग सम्बोधनको लागि प्रधानमन्त्रीसँग छलफल गर्न एमाले तयार रहेको बताएका छन् । ‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न तयार छौं’, नेम्वाङले भने,‘तर छलफललाई औपचारिकतामा सीमित गर्ने कोसिस नहोस् ।’ नेम्वाङले प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीचमा लामो समयपछिको भेटवार्तालाई सकारात्मक भनेका छन् ।
‘हामीले भेटवार्तालाई सकारात्मक रूपमानै लिएका छौं । तर छलफल औपचारिक मात्रै भएको छ’, नेम्वाङले भने । एमाले नेता नेम्वाङले एक मिनेट पनि सदन अवरुद्ध हुनु सरकारको लागि इज्जतको कुरा नभएको टिप्पणी गरेका छन् । एमालेले आफ्नो पार्टीले कारबाही गरेको सूचनालाई टाँस गर्दै उनीहरूलाई संसद्मा उपस्थित हुन दिनु नहुने माग गर्दै नियमित रूपमा सदन अवरोध गर्दै आएको छ । तर, निर्वाचन आयोगले उनीहरूलाई छुट्टै पार्टीको मान्यता दिइसकेकाले केही गर्न आवश्यक नभएको सभामुखको निर्णय छ । पूर्वसभामुख समेत रहेका नेम्वाङले केही नगरी बस्न नपाइने दाबी गरे ।
नेकपा एमालेका उपाध्यक्ष नेम्वाङले पार्टीभित्रको गुटबन्दीको अन्त्य भएको बताएका छन् । दसौं जिल्ला अधिवेशनबाट निर्वाचित भएका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण कार्यक्रममा नेम्वाङले भने, ‘पार्टीमा अब गुट छैन, गुट हुनु पनि हुँदैन’, नेम्वाङले भने, ‘गुटगत गतिविधि इन्कार गर्नुपर्छ, नेतृत्वले सबैलाई समेट्नुपर्छ ।’
नेम्वाङले दूषित काम कारबाही गरेर एमाले सरकारमा नजाने बताएका छन् । उनले निर्वाचनमा मार्फतै एमाले सरकारमा पुग्ने दाबी गरे ।
उनले तागत भए एक्लै हराएर देखाउन चुनौती दिए । एमालेलाई हराउने क्षमता भए प्रतिनिधिसभाको उपनिर्वाचन किन नगराएको भनेर प्रश्न गरेका छन् । ‘कुनै पनि पद खालि भएको छ महिना भन्दा बढी समय भए उपनिर्वाचन गराउनुपर्छ’, नेम्वाङले भने, ‘एमालेलाई हराउने आँट भए उपनिर्वाचन किन नगरेको ?’ नेम्वाङले अहिलेको सरकारमा निर्वाचन सार्ने बानी परेकाहरू भएकाहरूले समयमा निर्वाचन हुनेमा समेत शङ्का व्यक्त गरे ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend