Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमण बढेसँगै एकीकृत समाजवादीको भेला स्थगित


    सोमबार, पुष २६ २०७८
    940
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । कोरोनाभाइरसको संक्रमण बढेपछि सरकारले २५ जनाभन्दा बढी भेला हुन नपाउने  भनेसँगै नेकपा एकीकृत समाजवादी पार्टीले भेला स्थगित गरेको छ । 

    एकीकृत समाजवादीको संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला सोमबार राजधानीको थापागाउँस्थित काठमाडौं व्याक्वेटमा तय गरिएकाे थियाे कोरोनाभाइरसको संक्रमण बढेपछि साे भेला स्थगित गरिएकाे हाे ।

    ‘कोभिडको बढ्दो संक्रमणका कारण सरकारले २५ जनाभन्दा बढी भेला हुने कार्यक्रमहरु आयोजना गर्न बन्देज लगाएको छ । यसर्थ,आज थापागाउँस्थित काठमाडौं व्याक्वेटमा आयोजना गर्ने भनिएका काठमाडौं जिल्ला, संघीय निर्वाचन क्षेत्र नम्बर १ को भेला स्थगित गरिएको सूचित गरिन्छ’ पोलिटब्युरो सदस्य तथा बागमती प्रदेश कमिटी अध्यक्ष सावित्रा भुषालले जारी गरेको सूचनामा उल्लेख छ । 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार