Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमालेको जिल्ला अधिवेशनः १६ जिल्लामा सर्वसम्मत नेतृत्व चयन, धनकुटामा इन्चार्जमाथि हातपात


    शनिबार, पुष २४ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । शुक्रबार सुरु भएको नेकपा (एमाले)को जिल्लाका अधिवेशनहरुले धमाधम नेतृत्व चयन गरिरहेका छन् । शुक्रबार बालकोटबाट एमालेका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले जुममार्फत् एकैपटक जिल्ला अधिवेशनको उद्घाटन गरेका थिए । एमालेले जिल्ला कमिटीको नेतृत्व सर्वसम्मत चयन गर्न निर्देशन दिएको छ ।

    बालकोटबाट ओलीले जिल्ला अधिवेशनको अध्यक्ष र सचिवको नामावली पठाइसकेको र त्यही अनुसार सर्वसम्मत रुपमा जिल्ला कमिटी घोषणा भइरहेका छन् । जिल्लाका कार्यकर्ताहरुको भावना विपरीत बालकोटले पठाएको सूची अनुसार धनकुटाको अध्यक्षमा इन्द्रमणि पराजुलीको नाम टाँस्न खोजेपछि इन्चार्ज तथा सांसद राजेन्द्र राईमाथि हातपात नै भएको छ । जिल्लाका ७० प्रतिशत कार्यकर्ता निरन राईलाई अध्यक्ष बनाउनुपर्ने पक्षमा भए पनि बालकोटले छानेका पराजुलीलाई जबर्जस्ती तोक्न खोजेपछि राईमाथि हातपात भएको छ । कुर्सी नै तोडफोड भएका छन् । 

    अहिलेसम्म बालकोटबाट पठाइएको सूची अनुसार १७ जिल्लामा एमालेका अध्यक्ष लगायत पदाधिकारी सर्वसम्मत चयन भएका छन् । जसअनुसार झापाको अध्यक्षमा दीपक कार्की, पाल्पामा धनेन्द्रराज घिमिरे, दाङमा हुकुमबहादुर बस्नेत, डोल्पामा शेरबहादुर बुढा चयन भएका छन् । 

    त्यसैगरी सल्यानमा गोविन्द पुन, बर्दियामा लालबहादुर श्रेष्ठ, बॉकेमा किस्मतकुमार कक्षपती, धादिङमा भूमि त्रिपाठी, अर्घाखाँचीमा पीताम्बर भुसाल, मोरङको अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरिएको छ । काभ्रेमा अशोक ब्याञ्जु, मजदुर विशेषमा  जितेन्द्र श्रेष्ठ, भक्तपुरमा बचन देउजा, गुल्मीमा बालसिंह काउछा, खोटाङमा रामप्रसाद दंगाल र  रूपन्देहीको अध्यक्षमा तेजेन्द्र केसी सर्वसम्मत चयन भएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार