Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एकीकृत समाजवादी ताप्लेजुङमा संगठन विस्तार गर्दै


    शनिबार, पुष २४ २०७८
    1.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • ताप्लेजुङ।नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले ताप्लेजुङमा संगठन निर्माण कार्यलाई तीव्रता दिएको छ । एकीकृत समाजवादीको जिल्ला कमिटी गठनपश्चात पार्टी सम्बद्ध भातृ तथा जनवर्गीय संस्थाको कमिटी गठनसहित संगठन विस्तारलाई तीव्रता दिँदै आएको हो ।

    जिल्लाका नौ स्थानीय तहमध्ये पाँच वटा स्थानीय तहमा एकीकृत समाजवादीले संगठन विस्तार गरिसकेको जनाएको छ । एकीकृत समाजवादीका जिल्ला अध्यक्ष छिरिङ लामाका अनुसार फुङ्लिङ नगरपालिका, आठराई त्रिवेणी गाउँपालिका, मेरिङ्देन गाउँपालिका, मिक्वाखोला गाउँपालिका र मैवाखोला गाउँपालिकामा कमिटी गठन भएको छ । कतिपय स्थानीय तहका वडा तथा टोलमासमेत पार्टी संगठन निर्माण भएको अध्यक्ष लामाले जानकारी दिए ।

    एकीकृत समाजवादीका अनुसार हालसम्म नीरज शेर्पाको अध्यक्षतामा युवा संघ नेपाल, निता सिवाको अध्यक्षतामा अखिल नेपाल महिला संघ र सूर्य बराइलीको अध्यक्षतामा अनेरास्ववियको जिल्ला कमिटी गठन भएको छ । 

    यस्तै दिनेश खातीको अध्यक्षतामा नेपाल दलित मुक्ति संगठन, शङ्कर भट्टराईको अध्यक्षतामा प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संगठन, चन्द्रप्रकाश तुम्बाहाम्फेको अध्यक्षतामा अखिल नेपाल किसान महासंघ र शान्तिराम नेपालको अध्यक्षतामा पेसागत महासंघ नेपालको जिल्ला कमिटी गठन गरिएको छ ।

    यता पार्टीको जिल्ला कमिटी निर्माणपछि हालसम्म भएका क्रियाकलापको समीक्षा पनि गरिएको सो पार्टीले जनाएको छ । केन्द्रीय सदस्य खेम वनेमलगायत केन्द्र तथा प्रदेश समितिका प्रतिनिधिको उपस्थितिमा सम्पन्न समीक्षा बैठकले आगामी फागुन दोस्रो साता पार्टीको जिल्ला भेला तथा प्रशिक्षण आयोजना गर्ने निर्णय भएको पनि जिल्ला कमिटी सचिव मोहन न्यौपानेले जानकारी दिए । 

    सचिव न्यौपानेका अनुसार बाँकी रहेका स्थानीय तहमा पार्टी संगठन र जनवर्गीय संगठन क्रमशः निर्माण गर्दै जाने निर्णय भएको छ ।न्युज कारखाना

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार