Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले अर्घाखाँचीको अध्यक्षमा भुसाल निर्वाचित


    शनिबार, पुष २४ २०७८
    850
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • अर्घाखाँची।नेकपा एमाले अर्घाखाँचीको सन्धिखर्कमा जारी अधिवेशनले पदाधिकारीहरू सहित जिल्ला कमिटीको टुंगो सर्वसम्मत रूपमा लगाएको छ ।

    नेतृत्वसहित जिल्ला कमिटीले चयनको लागि भएको लामो रस्साकस्सीपछि पीताम्बर भुसालको नेतृत्वमा ९० सदस्यीय नयाँ कार्यसमितिको टुंगो लागेको हो ।

    जसको उपाध्यक्षमा  ईश्वरा पोख्रेल, सचिवमा विधान रायमाझी, उपसचिवमा शम्भु पोख्रेल र भीम केसी लगायत निर्विरोध चयन भएका छन् । यद्यपि यो समाचार तयार पार्दासम्म निर्वाचन समितिले औपचारिक घोषणा भने गरिसकेको छैन ।

    अधिवेशनको शुक्रबार एमाले केन्द्रीय सचिव टोप बहादुर रायमाझीले उद्घाटन गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार