उदयपुर। नेकपा एमालेको आठौँ जिल्ला अधिवेशन खुल्लासत्र सकिएपछि सर्बसम्मत नेतृत्व चयनका लागि प्रयास सुरु भएको छ । नयाँ नेतृत्व चयनका लागि अध्यक्ष मण्डल गठन गरिएको छ । अध्यक्षका आकांक्षी धेरै भएकाले सर्वसम्मत नेतृत्व चयनको प्रयास भएको हो ।
सर्वसहमत नेतृत्व चयनका लागि पार्टी पोलिटब्यूरो सदस्य तथा जिल्ला इन्चार्ज मन्जुकुमारी चौधरीको नेतृत्वमा अध्यक्ष मण्डल गठन गरिएको छ । होटल टाउन हलको सभाकक्षमा सम्पन्न खुल्ला सत्रमा स्थायी समिति सदस्य राजेन्द्र गौतमदेखि पोलिटब्यूरो सदस्य चौधरी, केन्द्रीय सदस्य अम्बिका थापा, प्रदेश सदस्यहरू, पूर्व अध्यक्षहरूलगायतले सर्वसम्मत नेतृत्व चयन गर्नु पर्ने भनाइ राखेका थिए ।
सबैको चाहना र भावना अनुरुप नेतृत्व सर्वसम्मत चयन गर्न सहमति खोज्ने गरी अध्यक्ष मण्डल गठन गरी अधिवेशन जारी राखेको छ । अध्यक्ष मण्डलमा केन्द्रीय सदस्य अम्बिका थापा, अघिल्लो अधिवेशनमा अध्यक्षका पराजित उम्मेदवार दुर्गाकुमार थापालगायत नौ सदस्य रहेको पार्टी अध्यक्ष इश्वरमणि राउतले जानकारी दिए ।
अघिवेशन सुरु हुनुअघि नै अध्यक्षका लागि वर्तमान सचिव प्रमेश्वर घिमिरे, सचिवालय सदस्यहरू कुशलबाबु बस्नेत, खड्गबहादुर परियार र कालु लामाले उम्मेदवारी घोषणा गरेका थिए । वर्तमान अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष विमल कार्की, गोपाल खत्री, दुर्गाकुमार थापा पनि अध्यक्षका दावेदार हुन् । राउत, खत्री, थापा, कार्की सर्वसम्मतकै पक्षमा छन् ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend