काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली भूमि लिपुलेकमा सडकलाई चौडा गर्ने बताएका छन् ।
प्रधानमन्त्री मोदीले उत्तराखण्डको हल्द्वानीमा केही दिन अघि एक र्यालीमा सम्बोधन गर्दै आफ्नो सरकार राज्यका मानिसको लाभको लागि विकासलाई तिव्रता दिइरहेको बताएका थिए ।
‘तपाईंहरुलाई सुख सुविधाबाट वञ्चित गर्नेहरुका कारण मानसरोवरको प्रवेशद्वार मानसखण्ड सडकमार्गसँग जोड्ने काम वञ्चित रह्यो’ मोदीको भनाइ उदृत गर्दै बीबीसी हिन्दीले उल्लेख गरेको छ, ‘ हामीले न केबल टनकपुर पिथौरागढ अल वेदर रोडमा काम गर्यौं । हामीले लिपुलेकमा एक सडक पनि बनाएका छौं र अब वितारको काम भइरहेको छ ।’
भारतीय प्रधानमन्त्रीले लिपुलेक आफ्नो भूमि रहेको भन्दै सडक चौडा गर्ने बताइरहँदा नेपाल सरकारले भने यसबारे आधिकारीक रुपमा केही नभनेको बीबीसी हिन्दीको समाचारमा उल्लेख गरिएको छ ।
मानसरोवर र कैलाशसम्म भारतीय नागरिक पुग्न सजिलो हुने भन्दै भारतले लिपुलेकमा सडक चौडा गरिरहेको बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री शेर बहादुर देउवाले आफ्नो भारतयात्राका क्रममा दुई देशबीचमा सीमा मुद्दामा मोदीसँग छलफल गर्ने तयारी भएको भए पनि कोरोनाका कारण कार्यक्रम स्थगित भएपछि उनको भारत भ्रमण रोकिएको थियो ।
नेपाली भूमि लिपुलेकमा ९ अप्रिल २००८ मा भारतीय रक्षा मन्त्री राजनाथ सिंहद्वारा धारचुला-लिपुलेख लिंक रोड उद्घाटन गरेपछि नेपाल सरकारले विरोध गरेको थियो ।
सडक उद्घाटन लगत्तै तत्कालीन केपी ओली सरकारले नेपालस्थित भारतीय राजदूतलाई बोलाएर राजनीतिक नोट जारी गरेको थियो जसमा नेपाली भूभागमा कुनै पनि गतिविधी नगर्न भारतलाई आग्रह गरिएको थियो । तर भारतले त्यसलाई जारी राख्यो । भारतले नेपाली भूमि लिपुलेक लिम्पियाधुरासहितको क्षेत्र समावेश गरेन नक्सा जारी गरेपछि नेपालले त्यसको बिरोध गरेको थियो र ओली सरकारले ति भूभाग समेटेर चुच्चे नक्सा जारी गरेको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली सरकारले चुच्चे नक्सा सार्वजनिक गरेसँगै नेपाल भारतीबीचको सम्बन्धमा चिसो बढेको चर्चा भएको थियो ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीका अनुसार भारतीय पक्षले अहिले पनि लिपुलेक क्षेत्रमा सडक विस्तार गरिरहेको छ । एजेन्सी
तस्बीर : बीबीसी हिन्दी
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend