Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राजनीतिक समन्वय समिति बैठकको निर्णय- संसद सुचारू गराउन पहल गर्ने


    शुक्रबार, पुष २३ २०७८
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे सत्तारूढ गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसदलाई सुचारू गराउन पहल गर्ने निर्णय गरेको छ।

    समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको बैठकले अवरूद्ध संसदलाई सुचारू गराउनका निम्ति पहल गर्ने निर्णय गरेको हो। 

    बैठकको निर्णयबारे जानकारी गराउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसद अवरूद्ध हुनु कुनै पनि हिसाबले उचित नभएको बताए । 

    उनले भने, ‘आज प्रधानमन्त्रीको उपस्थितिमा रामचन्द्र पौडेलको अध्यक्षतामा बसेको पाँच दलीय गठबन्धनको संयन्त्रले मूल रूपमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको बारेमा छलफल केन्द्रित गरेको छ र यो बैठक हिजोकै बैठकको निरन्तरता रहेको छ। र अर्को विषय संसद लामो समयदेखि अवरूद्ध छ। यसरी संसद अवरूद्ध हुनु हरेक हिसाबले उचित होइन। त्यसैले संसदलाई सुचारू गर्ने बारेमा पनि छलफल भएको छ। संसद सुचारू गर्नु सरकारको जति कर्तव्य छ, प्रतिपक्षको पनि त्यत्तिकै भूमिका र कर्तव्य रहन्छ। त्यसैले संसदलाई सुचारू गर्नका निमित्त पहल गर्ने निर्णय भएको छ।’

    त्यसैगरी समितिको बैठकमा माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनको सम्बन्धमा पनि छलफल गरिएको उनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार