Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • एमाले हुम्लाको अधिवेशन माघमा


    शुक्रबार, पुष २३ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सिमकोट । नेकपा (एमाले) हुम्लाको नवौँ जिल्ला अधिवेशन एक महिना लागि पछि सरेको छ । मौसम र आन्तरिक तयारीका कारण आज अधिवेशन हुन नसकेका १६ जिल्लामा छिट्टै अधिवेशन हुने भनिएकामा हुम्लामा २३ माघका लागि मिति तय भएकाे छ ।

    सिमकोट बसेको जिल्ला कमिटीको बैठकले आगामी २३ माघमा अधिवेशन आयाेजना गर्ने निर्णय गरेको जिल्ला सचिव पूर्ण ढकालले जानकारी दिए ।

    बिहिबार बिहानदेखि सिमकोट लगायतका स्थानमा बाक्लो हिमपात भएको छ ।

    बाँकी ६१ जिल्लामा भने आज अधिवेशन हुँदैछ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार