सिन्धुपाल्चोक । नेकपा एमालेले पुस २३ गते शुक्रबार देशभर एकैसाथ जिल्ला अधिवेशन गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट एकैसाथ उद्घाटन गर्ने जिल्ला अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।
अधिवेशन उद्घाटन हुने दिन आउनै लाग्दा सिन्धुपाल्चोकमा राजनीतिक माहोल तातिएको छ । शुक्रबार बाह्रबिसेमा आयोजना हुने जिल्ला अधिवेशनको तयारी पूरा भएको एमाले जिल्ला सहसंयोजक बालकृष्ण देउजाले जानकारी दिए ।
पार्टीको विधान अनुसार प्रत्येक तीन/तीन वर्षमा अधिवेशन गर्नुपर्ने प्रावधान भए पनि तीन तहको निर्वाचन र एमाले- माओवादीबीचको एकता पछि अधिवेशन भएको थिएन ।
संगठन विभागको नियमले तनाब !
जिल्ला अधिवेशन नजिकिँदै गर्दा नेकपा एमाले संगठन विभागले जिल्ला कमिटीमा उमेदवारको हदबन्दी तोकेको छ । सामाजिक संजालमार्फत् उमेदवारी घोषणा गरेकाहरु एमाले संगठन विभागले जिल्ला सदस्य र पदाधिकारी उमेदवारको मापदण्ड तोके पछि तनावमा परेका छन् ।
यस्तो छ संगठन विभागले बनाएको नियम :
१. पदाधिकारीको लागि दुई कार्यकाल जिल्ला कमिटी सदस्य भई काम गरेको वा एक कार्यकाल सचिवालयमा काम गरेको हुनुपर्ने
२. जिल्ला कमिटी सदस्यको हकमा जिल्ला कमिटी , जिल्ला कमिटीको विभाग वा सो भन्दा तल्लो कमिटीमा एक कार्यकाल अनिवार्य काम गरेको हुनुपर्ने छ ।
३.एकता प्रक्रियामा समाहित हुनुभएका कमरेडहरुको हकमा भने विधानको धारा ६३ को (११) अनुसार हुनेछ ।
नेतृत्व छान्नै सकस
जिल्ला नेतृत्वको लागि दाबी गर्नेहरूको संख्या बढेपछि नेतृत्व छान्न सकस परेको छ । जिल्ला अध्यक्षमा आयोजक कमिटीका सहसंयोजक बालकृष्ण देउजा, वर्तमान कमिटीका सचिव कमल नेपाल, बलेफी गाउँपालिका अध्यक्ष केदार क्षेत्री, गाउँपालिका महासङ्घका अध्यक्ष होम नारायण श्रेष्ठ लगायतले दाबी गरेका छन् ।
अध्यक्षको दाबी गर्दै आएका केदार क्षेत्रीले आफू कुनै पनि हालतमा पछि नहट्ने बताए । केन्द्रीय महाधिवेशनमा आफूलाई प्रदेश वा जिल्लामा उचित स्थान दिने आश्वासन आएकोले आफूपछि नहट्ने क्षेत्रीको दाबी छ ।
जिल्लामा स्पष्ट रुपमा दुई धार देखिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीका साथै १० बुँदै पक्षधर भन्दै दुई समूहमा चुनावीइ माहोल तातेको छ ।
ओली पक्षबाट अध्यक्षमा बालकृष्ण देउजा र होम नारायण श्रेष्ठले दाबी गरिरहेका छन् भने सचिवमा जेपी सिलवाल ,चन्द्र थिङ, बिष्णुमणी आचार्यले दाबी गरिरहेका छन् ।
त्यस्तै १० बुँदे पक्षधरबाट अध्यक्षमा कमल नेपाल र केदार क्षेत्रीले दाबी गरिरहँदा उपाध्यक्षमा जरा लामा , सचिव कृष्ण गोपाल तामाङ, सोम बम्जन, ईन्द्र तामाङले दाबी गरिरहेका छन् ।
एमाले सिन्धुपाल्चोक अधिवेशनबाट १०५ सदस्यीय जिल्ला कमिटी बन्नेछ । ५८७ बाट १०५ सदस्यीय कमिटी बनाउन एमालेलाई फलामको चिउरा चपाउनु सरह छ । लामो समय जिल्लाको नेतृत्व गरेका र सांसदसमेत रहेका पूराना नेता सुभाष कर्माचार्यले एमाले परित्याग गरेसँगै ठूलो संख्यामा नेता कार्यकर्ता खुल्न नसकेको बताइएको छ । सिन्धुपाल्चोक माधव नेपाल एमालेमा रहँदा उनको प्रभाव क्षेत्र हो । तर उनले पार्टी विभाजन गरेर एकीकृत समाजवादी बनाउँदा धेरैले साथ दिएनन् ।
अधिवेशनको पूर्व सन्ध्यामा पार्टी छोड्दै जिल्ला सदस्य
नेकपा एमालेका जिल्ला कमिटी सदस्य पूर्ण बहादुर तामाङ वाईवाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । जिल्ला कमिटी सदस्यमा रेहका साँगाचोकका तामाङले विज्ञप्ति निकाल्दै पार्टी छाडेको घोषणा गरेका हुन् । उनले पार्टी भित्र देखापरेको व्यक्तिवादी अहमता, बिकृति, विंसँगती बढ्दै गएको भन्दै पार्टीसँगको आवद्धता साधारण सदस्य समेत नरहने गरी समाप्त भएको उनले घोषणा गरेका छन् । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend