Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • राष्ट्रियसभा निर्वाचन: आज उमेदवारको विरोधमा उजुरी दिन सकिने


    बुधबार, पुष २१ २०७८
    735
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचन अन्तर्गत आज उमेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ । 

    निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार  पुस २२ र २३ गते मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने  कार्यतालिका छ । 

    यस्तै, पुस २३ गते नै उमेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उमेदवारले नाम फिर्ता लिने र पुस २५ गते उमेदवारको अन्तिम नामावली प्रकाशन तथा उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने  पौडेलले जानकारी दिए।

    निर्वाचन माघ १२ गते हुनेछ । राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि ४३ जनाको उमेदवारी परेको छ । मंगलबार तोकिएको समयभित्र १९ सिटका लागि ४३ जनाको उमेदवारी परेको निर्वाचन आयोगले जनाएको छ ।

    प्राय सबै प्रदेशमा सत्ता गठबन्धन (कांग्रेस, माओवादी, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र जनमोर्चा) र एमालेबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार