ललितपुर । ललितपुर एमालेले आसन्न जिल्ला अधिवेशनका लागि जिल्लाभर मंगलबार प्रतिनिधि छनोट गर्ने भएको छ । एमाले जिल्ला सचिव पुरुषेत्तम आचार्यले सबै वडाहरूका भेलामार्फत मंगलबार प्रतिनिधि छनोट हुने बताए । ‘हामी भोलि (बुधबार) बैठक बसेर जनसंगठनबाट प्रतिनिधि सहभागीबारे निर्णय गर्छौं,’ उनले भने ।
मंगलबार छनौट भएका प्रतिनिधि यही २५ गते सातदोवाटोस्थित ललितपुर पार्टी प्यालेसमा आयोजना हुने बन्दसत्रमा सहभागी हुनेछन् ।
जिल्ला अधिवेशनको उद्घाटन भने मंगलबजारस्थित दरवार परिसरमा हुँदै छ । उद्घाटन सत्रललाई शक्ति प्रर्दशनका रुपमा लिँदै एमालेल हरेक वडाबाट कम्तिमा एक सय जना सहभागी गराउन सकुर्लर गरेको छ ।
हरेक वडाबाट चार जना प्रतिनिधि आउनेछन् । २८३ जना जिल्ला सदस्य स्वतः प्रतिनिधि हुनेछन् । २५० जना सक्रिय सदस्य भएको वडाबाट चार जना प्रतिनिधि चुनिनेछन् भने प्रत्येक १०० बराबर एक जना थप प्रतिनिधि अधिवेशनमा सहभागी हुनेछन् ।
हरेक वडाबाट छानिने प्रतिनिधिले जिल्ला अध्यक्ष छान्न निर्वाचनमा भाग लिन पाउछन् ।
ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल,पुर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।
आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए ।
बुङमतीका गाविस अध्यक्षसमेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सह संयोजक नियुक्त भएका थिए ।
काठमाडौँ । शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार भीमबहादुर चन्दले आफूलाई पदमुक्त गर्न माग गर्दै अनशन बसेका डा। गोविन्द केसीलाई खुला पत्र लेखेका...
काठमाडौं । सुनसरीको देवानगञ्जमा दुई समुदायबीच भएको झडप र झडपपछि प्रहरीले गोली चलाएको घटनामा राष्ट्रिय मानव अधिकार आयोगले अनुसन्धान गर्ने भएको छ । आयोगका प्रवक्ता...
काठमाडौँ । संघीय संसद्का सदस्यलाई निजी स्वकीय सचिव (पीए) राख्न दिने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश विनोद...
काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसँग संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले भेटवार्ता गरेका छन्। सोमबार बिहान राष्ट्रपति भवन शीतल निवासमा उनीहरूबीच भेटवार्ता भएको हो। भेटमा समसामयिक राजनीतिक...
काठमाडौँ । सुनसरीमा धार्मिक सद्भाव भड्किएको घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । सोमबार बिहान मन्त्रालयका सचिव, आईजीपी र सशस्त्र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend