ललितपुर । ललितपुर एमाले अध्यक्ष पदका लागि चार जना नेताबीच प्रतिस्पर्धा हुने देखिएको छ । ललितपुर एमाले सचिव पुरुषोत्तम आचार्य, प्रदेश सासंद चेतनाथ सञ्जेल, पूर्वउपाध्यक्ष श्यामकृष्ण सिलवाल र जिल्ला पार्टीका सहसंयोजक प्रेमभक्त महर्जन एमाले लतितपुरको अध्यक्षका लागि दौडधुप गरिरहेका छन् ।
आचार्य ललितपुर एमालेका सचिव हुन् भने सञ्जेल प्रदेश सासंद हुन् । पहिले जिल्ला उपाध्यक्षसमेत रहेका सिलवाल गोदावरी नगरपालिकाको स्थानीय निर्वाचन पराजित भएका थिए ।
बुङमतीका गाविस अध्यक्ष समेत भएका महर्जन १० बुँदे सहमतिपछि जिल्ला पार्टीको सहसंयोजक नियुक्त भएका थिए ।
प्रेमभक्त महर्जन भने एमाले विभाजित भएर माधव नेपालले एकीकृत समाजवादी गठन गरेपछि एकीकृतमा खुलेका थिए भने पछि एमालेमै फर्केका हुन् ।
क्षेत्रीय कमिटी अध्यक्ष तथा जिल्ला कमिटी सदस्य रहिसकेका प्रदेश सासंद सञ्जेल पनि अध्यक्षका लागि दौडधुपमा छन् । एमाले केन्द्रले सकेसम्म सर्वसहमतिमा नेतृत्व चयनका लागि जोडबल गरिरहेको छ ।
ललितपुरमा ५८० जना प्रतिनिधि महाधिवेशन रहेका छन् । यसमा सबै जनसंगठनबाट एक एक जना मनोनयन भने हुन बाँकी छ ।
पछिल्लो प्रतिनिधि चयनको आँकडा अनुसार ललितपुरको क्षेत्र नं. १ मा चेतनाथ सञ्जेल बलिला छन् भने २ नम्बर र ३ नम्बर क्षेत्रमा आचार्यको पकड छ ।जिल्ला सचिव आचार्य २०७० सालको जिल्ला अधिवेशनमा सचिवको दाबी छोडेर उपसचिवमा उम्मेदवारी दिएका थिए । त्यसबेला संविधानसभा निर्वाचनका कारण पद मिलानका कारण कार्यालदय सचिवमा चित्त बुझाउँदै उम्मेदवारी फिर्ता गरेका थिए ।
उनी २०५४ देखि २०६४ सालसम्म विद्यार्थी संगठनमा रहेका काम गरेका थिए । उनी २०६४ सालमा अनेरास्ववियुमा केन्द्रीय उपाध्यक्षमा पराजित भएपछि जिल्ला राजनीतिमा सक्रिय छन् । स्रोतका अनुसार जीवन खड्का र मधुसुधन पौडेल पनि ललितपुर एमाले अध्यक्षमा सर्वसम्मत बन्न दौडधुपमा छन् ।
यही २३ पुसमा ललितपुरको मंगलबजारमा नेकपा एमालेको जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रम राखिएको एमाले ललितपुरका अध्यक्ष हरिकृष्ण व्यञ्जनकारले बताए ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend