जनकपुरधाम । माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि जनकपुरधाममा निर्वाचन अधिकृतको कार्यालयको स्थापना गरिएको छ ।
बिहीबार प्रदेश निर्वाचन कार्यालयमै निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको हो । निर्वाचन आयोगले प्रदेश २ को निर्वाचन अधिकृतमा धनुषा जिल्ला अदालतका मुख्यन्यायाधीश ब्रजेश प्याकुरेललाई नियुक्त गरिसकेको छ । उनले पदभार समेत ग्रहण गरिसकेका छन् । राष्ट्रिय सभाको लागि निर्वाचनस्थल जनकपुरधाममा रहेको महेन्द्रनारायण निधि संग्रहालयलाई तोकिएको छ ।
प्रदेश २मा १०४ प्रदेश सभा सदस्य २ सय ६८ जना स्थानीय तहका प्रमुख र उपप्रमख रहेका छन् । यस हिसावले प्रदेश २ का ३७२ जना मतदाता रहेका छन् । राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदान गर्न पाउने प्रावधान रहेको छ ।
निर्वाचन अधिकृत कार्यालयको उद्घाटनमा धनुषा जिल्लाका मुख्यन्याधिश तथा निर्वाचन अधिकृत ब्रजेश प्याकुरेल, धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, प्रदेश २ निर्वाचन कार्यालयकी प्रमुख पुष्पा झाको उपस्थित रहेको थियो ।
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले मकवानपुरको भीमफेदीमा भएको यात्रुवाहक गाडी दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन्। बिहीबार बिहान भीमफेदी गाउँपालिका-६ स्थित चिसापानीगढीमा भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend