Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी महाधिवेशन: मोबाइल खोसेपछि बर्दियाकी प्रतिनिधि मेनुका चौधरी आक्रोशित


    बिहिबार, पुष १५ २०७८
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशनको बन्दसत्र हलमै मोबाइल खोसेको भन्दै बर्दियाकी प्रतिनिधि मेनुकाकुमारी चौधरी आक्रोशित भएकी छन् । महाधिवेशनस्थल नजिकै रहेको मिडिया सेन्टरमा आएर उनले आक्रोश पोखिन् ।

    आफ्नो तस्बिर खिँच्दा समूहगत छलफलको निष्कर्ष सुनाउने प्रज्ञा प्रतिष्ठानको मुख्य हलबाट निकालिएको भन्दै आक्रोश पोखिन । वाइसीएल अध्यक्ष बोलाएर उनले असन्तुष्टि जनाइन् । उनी सातौं महाधिवेशनमा हेटौंडामा पनि प्रतिनिधि थिइन् । 

    आफूभन्दा जुनियर प्रतिनिधि बसिरहेको, वाइसीएल र भित्र बसेकाले नै अडियो भिडियो लिक गरेको तर आफूले प्रतिनिधिसँग आफ्नो तस्बिर खोज्दा वाइसीएलका स्वयंसेवकले निकालेको भन्दै आक्रोश पोखेकी हुन् । उनी आक्रोशित भएपछि रामप्रसाद सापकोटा दिपशिखा आएर शान्त पारेका छन् । अब यस्तो व्यवहार सुधार्ने उनले प्रतिबद्धता जनाए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार