काठमाडौं। नेकपा माओवादी केन्द्रको जारी महाधिवेशन अन्तर्गत बन्दसत्र चलिरहेको छ।
मंगलबार बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पेस गरेको प्रतिवेदनमाथि समूहगत छलफल सकिएर टली नेताले प्रस्तुती गरेका छन् । माओवादीमा २५ समूह बनाएर प्रतिवेदनमाथि छलफल भइरहेको छ ।
जसमध्ये बुधबार बन्दसत्रमा ११ समूहको तर्फबाट ब्रिफिङ सकिएको छ । बिहीबार बाँकी समूहको तर्फबाट ब्रिफिङ गरिने माओवादी केन्द्रले जनाएको छ ।
आफ्नो समूहमा छलफल गरेर सुझाव दिएका मध्ये धेरै टोली नेताले नेताहरुको सम्पत्निका बारेमा प्रश्न उठाएका थिए । उनीहरुले आफ्नो समूहमा छलफलका क्रममा नेताहरुको सम्पत्ति छानबिन गर्न विषय उठाएको उनीहरुको भनाइ थियो ।
प्रदेश २ बाट सत्यनारायण भगतले टोली नेताको रुपमा प्रस्तुती गरेका थिए उनले नेताहरुको सम्पत्ति छानबिन गर्नुपर्ने विषय आफ्नो समूहमा उठेको बताएका थिए । जनयुद्ध गरेर आएका नेताहरुको जीवनशैलीमा आएको परिवर्तन र सम्पत्ति वृद्धिको बारेमा टिप्पणी हुने गरेको भन्दै छानबिन गर्नुपर्न निष्कर्ष सुनाएका थिए ।
गण्डकी प्रदेशबाट गायत्री गुरुङले पनि आफ्नो समूहमा नेताहरुको सम्पत्ति छानबिन र सार्वजनिक गर्न आवश्यक रहेको छलफलका क्रममा उठेको भन्दै यसबारे गम्भिर हुन जाँच गर्न सुझाव दिइन् । उनको समूहमा एक व्यक्ति दुई पटकभन्दा बढी लाभका पदमा जान नपाउने व्यवस्था देखि एकै परिवारका दुई जनालाई लाभको पदमा नपठाउने सम्मको सुझाव आएको थियो ।
त्यस्तै कर्णाली प्रदेशबाट विमला केसीले पेस गरेको सुझावमा पनि नेतारुको सम्पत्ति सार्वजनिक गर्न माग गरिएको छ । न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend