काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ महाधिवेशनमा प्रस्तुत गरेको राजनीतिक तथा वैचारिक प्रतिवेदनमाथि समूहगत छलफल जारी छ ।
बन्दसत्रमा सवा दुई घण्टा लगाएर प्रचण्डले वाचन गरेको प्रतिवेदनमा देशभरबाट आएका प्रतिनिधिले २५ वटा समूह बनाएर छलफल तथा सुझाव राखेका छन् । मंगलबार दिनभर भएको छलफलमा प्रतिनिधिले केही गम्भीर विषय उठाएका छन् । धेरै प्रतिवेदनले प्रतिवेदन सान्दर्भिक भए पनि केही छुटेको र केही अनावश्यक कुरा परेको भन्दै संशोधन गर्न सुझाएका छन् ।
नेता राम कार्कीले त पुरक प्रतिवेदन नै प्रस्तुत गरेका छन् । सात वटा प्रदेश, केन्द्रीय सल्लाहकार, आयोग, प्रवासको छुट्टाछुटटै समूहमा प्रतिवेदनमाथि उठेका विषयमा साम्राज्यवाददेखि धनाढ्य र यौन अनैतिकतामा कठोर सजायदेखि एमसीसी खारेजीसम्म छन् ।

केही प्रतिनिधिले प्रचण्ड परिवारवादबाट बाहिर आउनुपर्ने सुझाव दिएका छन् । परिवारवादमा फस्दा कार्यकर्तासँग सम्वाद टुटेको र पार्टी कमजोर भएको निष्कर्ष सुनाउने पनि समूहगत छलफलमा भेटिए ।
बागमती र कर्णाली प्रदेशको छलफलमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमा भारतबारेको मौनतामाथि प्रश्न उठ्यो । ‘भारतबारे बोल्नुपर्छ । सीमा विवादको कुरा छ । चुच्चे नक्साको अपनत्वको कुरा । भारत र अमेरिकालाई हामीले विस्तारवादी र साम्रज्यवादी भनेर एउटै टोकरीमा राख्दै आएको हो । अहिले के हो यो ? भारतप्रति हाम्रो दृष्टिकोण बदलिएको हो ?’ प्रतिनिधिले सोधेको प्रश्नलाई उद्धृत गर्दै एक प्रतिनिधिले न्युज कारखानालाई सुनाए । छलफलका क्रममा केही प्रतिनिधिले भने अध्यक्षले सन्तुलित परराष्ट्र नीतिलाई प्रतिनिधित्व गर्दै दस्तावेजमा लेखेको ठिक रहेकाले टिप्पणी गर्न हुँदैन भन्ने बचाउ धारणा राखेका थिए ।

बागमतीको समूहगत छलफलमा प्रचण्डपथको एजेण्डा पनि उठ्यो । यसलाई संश्लेषण गरेर प्रचण्ड विचारधारा भन्नुपर्ने प्रस्ताव आयो । ‘अहिले नयाँ विचार आएको छ । प्रचण्डपथलाई संशोधन गरेर प्रचण्ड विचारधारा भनेर जाउ । यसले गर्दा माओवादी एक हुन्छ । प्रचण्डको नेतृत्वमा सबै गोलबन्द भएर जान तयार छन्,’ प्रतिनिधिका सुझाव थिए ।
बागमतीका प्रतिनिधिले कार्यकारी प्रमुखको विषयलाई जोडदार रुपमा उठाउनुपर्ने सुझाए । ‘संविधान संशोधनको विषयलाई नेतृत्व गरेर जानुपर्छ । त्यो हाम्रो भोट हो । भोट ब्यांकलाई छोड्नु हुँदैन,’ प्रतिनिधिहरुको भनाइ थियो ।
प्रतिनिधिले माधव नेपाल समेट्दा उपेन्द्र यादवलाई किन छुटाइयो भनेर पनि प्रश्न गरेका थिए । ‘माधव नेपालको नाम आउँदा उपेन्द्र यादवको नाम किन आएन ? माधव नेपालसँग सहकार्य गर्ने प्रष्ट नीति छ भन्ने अनि पूर्वमाओवादी पृष्ठभूमिका उपेन्द्रको जसपासँग छैन ?’ प्रतिनिधिका प्रश्न थिए ।
माओवादी, नेकपा एस र जसपा आगामी चुनाव मिल्ने उनीहरुको बुझाई थियो । त्यसैले उपेन्द्रलाई पनि समावेश गर्नुपर्ने उनीहरुको राय रह्यो । उपेन्द्रले महाधिवेशन उदघाटन समारोहमै आफू पहिला माओवादी भएको बताएका थिए । यो कुरालाई पनि प्रतिनिधिले स्मरण गराउँदै पूर्वमाओवादी उपेन्द्रलाई नराख्ने, पूर्वमाओवादी नभएका माधव नेपालको नाम राख्ने ? भनेर तर्क गरेका थिए ।
अधिकांश प्रतिनिधिले अमेरिकी सहायता परियोजना एमसीसी सम्झौता खारेज गर्नुपर्ने धारणा राखेका थिए । बाहिर परिमार्जनको आवाज उठेका बेला माओवादी प्रतिनिधिले भने राष्ट्रिय स्वाधिनताका लागि एमसीसी घातक भएकाले खारेज नै गर्नुपर्ने तर्क राखे ।
नेता खिमलाल देवकोटाले सार्वजनिक रुपमै दस्तावेज अन्योलता भएकाले पूर्ण संशोधन हुनुपर्ने तर्क गरे । उनले प्रतिवेदनमा विश्वका धनाड्यको सूची राखेकोमा पनि प्रश्न उठाए । ‘कम्युनिस्टको दस्तावेजमा धनाड्यको सूची किन राखेको रु’ उनले प्रश्न गरे ।
‘यो दस्तावेज मनगणन्ते भयो । अहिलेका राजनीतिक दलको विश्लेषण छैन । वर्ग विश्लेषण छैन । समस्या छैन । समाजवादमा जाने नेपाली बाटो भनिएको छ । तर त्यो नेपाली बाटो के हो कसरी जाने, त्यो बाटोमा के हुन्छ, अवरोधहरु के के हुन्छन् त्यो स्थिति के हो रु माओवादीको बाटो के हो भन्ने क्लियर नभएको दस्तावेजलाई पूर्ण रुपमा संशोधन गर्नुपर्छ,’ देवकोटाको धारणा थियो ।
विभागबाट प्रतिनिधित्व गरेका पर्साका एकजना प्रतिनिधिले अध्यक्षले यौन अनैतिकताको विषय उठाएको स्मरण गराउँदै यौन दुराचारी र बलात्कारीलाई पाँच वर्ष पार्टीले निष्काशन गर्ने नीति लिनुपर्नेमा जोड दिए ।
प्रज्ञा प्रतिष्ठान र केही पार्टी प्यालेसमा अध्यक्ष प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल भइरहेको छ । छलफल आज ११ बजेसम्म चल्ने र १२ बजे २५ वटै समूहले निष्कर्ष सुनाउनुपर्ने समयसीमा दिइएको छ । त्यसअगाडि विहान प्रज्ञा प्रतिष्ठानमै स्थायी कमिटी बैठक पनि बस्नेछ । स्थायी कमिटीमा नेतृत्व चयन, विधान मस्यौदालाई अन्तिम रुप दिने र पार्टी कमिटीलाई पूर्णता दिने एजेण्डामा छलफल हुने बुझिएको छ । न्युज कारखाना
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend