काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघिय परिषद अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसदमा गरेको कार्यप्रति आक्रोश व्यक्त गरेका छन् ।
एमालेले पार्टीका तत्कालिन सांसदहरु माधवकुमार नेपालसहितका नेताहरुलाई कारबाही गरेको सूचना सभामुख अग्निप्रसाद सापकोटाले सार्वजनिक नगरेको भन्दै लगातार संसद अवरोध गर्दै आएको छ। एमालेले सभामुखको राजीनामा समेत माग गरिरहेको छ ।
सोही प्रकरणलाई लिएर पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले एमालेको चर्को आलोचना गरेका हुन् । भट्टराईले पार्टी फुटेको रिस र केपी ओलीको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो भन्दै प्रश्न गरेका छन्।
भट्टराईले सामाजिक सन्जालमा लेखेका छन्, ‘पार्टी फुटेको रिस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौँसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो? के यही हो उसको जबजरु यसैलाई नजिर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाँच्छ ? बढी उफ्रँदा आफ्नै धोती फुस्कन्छ है ? ’
पार्टी फुटेको रीस र खड्गप्रसादको सनकमा प्रमुख प्रतिपक्षी दल एमालेले महिनौंसम्म सार्वभौम प्रतिनिधिसभालाई बन्धक बनाउनु कस्तो लोकतान्त्रिक अभ्यास हो? के यही हो उसको जबज? यसैलाई नजीर मानेर भविष्यमा अरू प्रतिपक्षी दलले सदन चल्न नदिए लोकतन्त्र बाॅच्छ? बढी उफ्रदा आफ्नै धोती फुस्कन्छ है!
— Baburam Bhattarai (@brb1954) December 21, 2021
काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले इनम सापकोटामाथि भइरहेको अनुसन्धानको प्रक्रिया पारदर्शी नभएको आरोप लगाएका छन् । पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित पत्रकार सम्मेलनमा...
काठमाडौँ । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय माइक्रोबस दुर्घटनामा आफन्त गुमाएका परिवारसँग सभामुख डीपी अर्यालले सोमबार सर्लाहीको चक्रघट्टा गाउँपालिका-४ सुन्दरपुरमा भेट गरेका छन् । उनले...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संघीयतालाई थप बलियो बनाउन राष्ट्रियस्तरमा व्यापक छलफल र सहमति आवश्यक रहेको बताएका छन् । सो...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले मेची–महाकाली पदयात्रा थालेका छन्। पदयात्राको उद्घाटन आज बिहान रास्वपा सभापति रवि लामिछानेले जानकी मन्दिरमा गरेका छन्। ...
काठमाडौँ। सरकारले नागरिकको विश्वास गुमाउँदै गएको नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले औंल्याएका छन्। आइतबार कांग्रेस स्याङ्जा क्षेत्र नम्बर २ (क) को प्रदेश कार्यसमितिको पद हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend