Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे १९ किलो गाँजासहित एक भारतीय पक्राउ


    आइतबार, पुष ४ २०७८
    625
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • जनकपुरधाम । साढे १९ किलो गाँजासहित एक भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ । 

    पक्राउ पर्नेमा भारत बिहार राज्यको मधुवनी जिल्ला खिरह निवासी २२ वर्षीय विजयकुमार महतो रहेका छन् । गाँजा लोड गरिएको बीआर३२के ९११७ नम्बरको भारतीय स्कारपिओमा महतो शनिबार राति बर्दिवासबाट जनकपुरतर्फ आउँदै गर्दा इलाका प्रहरी कार्यालय ढल्केवरले चेकजाँजको लागि रोक्न आग्रह गरेको थियो ।

    तर, महतोले स्कारपिओ नरोकी भागेपछि ढल्केवर प्रहरीले उनलाई पछ्याएको थियो । महतोले गाँडीबाट गाँजा फालेर तीव्र गतिमा गाडी गुडाउँदा स्कारपिओ बसही खोलाको पुलमा ठोकिएको थियो । गाडी दुर्घटनामा पर्दा महतोसहित गाडी सवार व्यक्तिहरू फरार भएका थिए । घटनास्थलमा प्रहरी पुग्दा झाडिमा लुकेका महतो पक्राउ परेका थिए । 

    इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रदीप सुवेदीका अनुसार गाडीमा सवार अन्य व्यक्ति भने फरार रहेका छन् । गाडीबाट रातो प्लास्टिकमा १९ किलो ५ सय ग्राम गाँजा भएको प्रहरी निरीक्षक सुवेदीले बताए । महतो लागूऔषध कारोबार संलग्न सम्बन्धी मुद्दा चलाइएको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार