Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • महालक्ष्मी विकास बैंकले २५ पुसमा बोलायो साधारणसभा, लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डा


    आइतबार, पुष ४ २०७८
    920
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं।महालक्ष्मी विकास बैंकले २५ पुसमा साधारणसभा बोलाएको छ । बैंकले लाभांश प्रस्ताव पारित गर्ने मूख्य एजेण्डासहित आर्मी अफिसर्स, भद्रकाली काठमाडौंमा विहान ११ बजे सभा आह्वान गरेको हो ।

    सभामा बैंकले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट सेयरधनीलाई वितरण गर्ने २० प्रतिशत बोनस र कर प्रयोजनको लागि एक दशमलव ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पेश हुनेछ । कम्पनीको आर्थिक वर्ष २०७७/०७८ को नाफा-नोक्सानसम्बन्धी छलफल हुनेछ । आर्थिक वर्ष २०७८/०७९ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा छ । यस्तै, बैंककले अन्य कुनै वित्तीय संस्थामा गाभ्न-गाँभिन परेमा त्यसको सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई दिने, तीन जना सञ्चालकको निर्वाचन गर्ने लगायतका एजेण्डा छन् ।

    सभा प्रयोजनार्थ बैंकले १३ पुसमा बुक क्लोज गर्नेछ । यसअनुसार, १३ पुससम्म नेप्सेमा कायम रहेका सेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश पाउनेछन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार