Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • अचानक चिसो बढेपछि तराईका जनजीवन प्रभावित


    आइतबार, पुष ४ २०७८
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • धनुषा । अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेश  को विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्यधिक चिसोका कारण बालबालिका र वृद्धा बढी प्रभावित भएका छन् । 

    चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिकित्सकले चिसो बढ्दै जाँदा बालबालिका, वृद्धवृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न आग्रह गरेका छन् ।

    वर्षेनी चिसोका कारण कठ्याङ्ग्रिएर सर्वसाधारणको मृत्यु हुने गरेको छ । चिसो बढ्न थालेपछि रुघाखोकी, ज्वरो, झाडापालाका बिरामी बढ्नसक्ने भएकाले स्वास्थ्य सर्तकता अपनाउन चिकित्सकको सुझाव छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार