Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज कहाँ-कहाँ वर्षा र हिमपातकाे सम्भावना ?


    शनिबार, पुष ३ २०७८
    440
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । शनिबार बिहान सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकीका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ ।

    माैसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो पहाडका थोरै स्थानमा हल्का वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

    राति उच्च पहाडी तथा हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

    आइतबार पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा  मौसम सामान्यतया सफा रहनेछ । राति प्रदेश १ को पहाडी भूभागमा आंशिक  बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार