Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • गुल्मीको मुसिकोटमा भीरबाट लडेर दम्पतीको मृत्यु


    शुक्रबार, पुष २ २०७८
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • गुल्मी।गुल्मीको मुसिकोटमा भीरबाट लडेर दुई जनाको ज्यान गएको छ । मुसिकोट नगरपालिका-१ को सिख्रा सामुदायिक वनको भीरबाट लडेर २६ वर्षीय मनु सार्की र श्रीमती २५ वर्षीया ज्ञानु परीयारको उपचारका क्रममा गुल्मी अस्पताल ज्यान गएको जिल्ला प्रहरी कार्याल्य गुल्मीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेयले जानकारी दिए । 

    उनीहरू माइती जान हिँडेका थिए । सोही क्रममा भीरको घोडेटो बाटोबाट लडेर घाइते अवस्थामा उद्धार गरेर अस्पताल पुराएको पाण्डेयले बताए । 
    घाइते दम्पतीको गुल्मी अस्पतालमा ज्यान गएको र शव पोष्टमार्टम गरेर आफन्तलाई बुझाइने निमित्त प्रहरी प्रमुख पाण्डेयले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार