काठमाडौं- नेपाली कांग्रेसको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि गत सोमबार भएको निर्वाचनमध्ये पदाधिकारीको मतगणना सकिएको छ ।
पदाधिकारीमा विजयीको अवस्था हेर्दा केन्द्रीय समितिमा देउवा पक्षक हाबी हुने रुझान देखिएको छ । १ सभापति, २ उपसभापति, २ महामन्त्री र ८ सहमहामन्त्री निर्वाचित हुने कांग्रेसको विधान रहेको छ । १३ जना पदाधिकारी मध्ये ८ जना देउवा प्यानलबाट विजयी भएका छन् ।
जसमध्ये १ सभापति, १ उपसभापति र ६ महामन्त्रीमा देउवापक्षले जितेको छ ।
एक उपसभापति र एक महामन्त्रीका साथ २ सहमहामन्त्री सभापतिमा पराजित शेखर कोइराला पक्षले जितेको छ । अर्का पराजित सभापतिका उम्मेदवार प्रकाशमान सिंह पक्षले एक महामन्त्री जितेको छ ।
सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का विजयी भएका छन् । ८ मध्ये सहमहामन्त्रीमा महालक्ष्मी उपाध्याय (डिना), भीष्मराज आङ्देम्बे, किशोर सिंह राठौर, फरमुल्लाह मन्सुर, महेन्द्र यादव र उमाकान्त चौधरी विजयी भएका छन् ।
तर, पार्टीमा सभापतिपछि शक्तिशाली मानिने महामन्त्री भने देउवाले गुमाएका छन् । उनी पक्षका प्रकाशशरण महत र प्रदीप पौडेललाई शेखर कोइराला पक्षका गगन थापा र प्रकाशमान पक्षका विश्वप्रकाशले जितेका छन् । दुवै जना नेतृत्वको आलोना गर्न सक्ने र युवामाझ मनपराइका नेता हुन् ।
पदाधिकारी विजयी भएको आधारमा भन्दा केन्द्रीय समितिमा पनि देउवाको स्पष्ट बहुमत पुग्ने देखिएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend