Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्णाली राजमार्गको स्तरोन्ती नहुँदा यात्रुलाई सास्ती


    शुक्रबार, पुष २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • ४ मिनेट पाठ
  • जुम्ला । कर्णाली राजमार्ग दैलेख सडक खण्डको केही भाग कालोपत्रे नहुँदा यात्रुलाई सास्ती भइरहेको छ । कर्णाली राजमार्गको दैलेख सडक खण्डको झन्डै १० किलोमिटर सडक कालोपत्रे भएको छैन ।

    कर्णाली राजमार्गको सडकको अस्ता ठिक नहुँदा दैनिक उपभोग्य बस्तु ढुवानी तथा आपूर्तिमा समस्या भएको छ । सडक डिभिजन कार्यालय सुर्खेतले  १ सय ३२ किलोमिटर हेर्ने जिम्मा पाएको छ ।

    बाँकी १ सय किलोमिटर जुम्लाले हेर्दै आएको सडक डिभिजन कार्यालय  सुर्खेतका इन्जिनियर तुलाराम शर्माले बताए । वैशाखसम्म १० किलोमिटर कच्ची सडक ओटासिल हुने उनले बताए । ‘शर्माले भने, ७३ किलोमिटर  सडक तत्काल  स्तरोन्तीको काम हुँदैन । समयमै काम नगर्ने  ठेकेदारका कारण केही ढिला भएको हो,’ ईन्जिनियर शर्माले भने ।

    कर्णाली राजमार्ग कतिपय स्थानमा वर्षायामको पहिरोले पुरिएको छ । सडक पुनःनिर्माण गर्ने बहानामा वर्षै मोटो रकम खर्च हुने गरेको छ । तर, सडकको अवस्था फेरिएको छैन । कर्णाली राजमार्गको सुर्खेतदेखि गमगडीसम्मको सय किलोमिटर लामो सडकखण्डमा पहिरोको जोखिम अत्यधिक छ ।

    पहिरोका कारण लामो समयसम्म सडक अवरुद्ध हुँदा पनि पन्छाउने उपकरण नहुँदा यात्रुले सास्ती व्यहोर्नुपरेको छ । यो राजमार्गको ट्र्याक खुलेको दशक बढी भइसकेको छ । तर, हालसम्म पनि यो राजमार्गमा ढुक्कसाथ यात्रा गर्ने बाटो बनेको छैन ।

    पहिरो गएका बेला जोखिमपूर्ण यात्रा गर्नुपर्ने भए पनि राजमार्ग स्तरोन्नतिका लागि राज्यको ध्यान पुग्न नसकेको कर्णालीवासीको गुनासो छ । सडक डिभिजन कार्यालय जुम्लाले प्रत्येक वर्ष दर्जनौं ठाउँमा पहिरो गए पनि पन्छाउने  काम मात्रै गर्दै आएको छ । सडक स्तरोन्तीको काम भने खासै भएको देखिँदैन ।

    मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा अझै पनि दुर्घटनामा कमी आएको पाइँदैन । कर्णालीका नागरिक जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । साँघुरो सडक भएका कारण  सवारी ओहोरदोहोर गर्न कठिन हुने गरेको ट्रक चालक जनक सिंहले बताए । उनले भने, ‘कर्णाली राजमार्ग उसै पनि जोखिम छ ।’

    सडकको स्तरोन्ती नहुँदा  जोखिमपूर्ण अवस्थामा गाडी  गुडाउनुपर्ने बाध्यता छ ।  ‘अझै पनि सडकको अवस्था राम्रो छैन, गाडी एक आपसमा पास गर्ने ठाउँ साँघुरो छ । कतिबेला  नदिनमा खस्छ थाहै नहुने स्थिति छ,’ उनले भने ।

    स्तरोन्नतिका नाममा रकम सक्ने काम मात्रै 

    मृत्यु मार्गका नाममा परिचित कर्णाली राजमार्गमा  दुई वर्ष यता सवारी दुर्घटनाका घटना बढ्न थालेका छन् । त्यसैमाथि जोखिमपूर्ण रूपमा यात्रा गर्नुपर्ने बाध्यता छ। जुम्लादेखि ९३ किलोमिटरको नाग्म गमगडी  सडक खण्डमा २०७७/७८मा मात्रै २१ करोड ७८ लाख रकम सकिएको सडक डिभिजन कार्यालय जुम्लाका ईन्जियर सन्तोष  भण्डारीले बताए । दुई वर्ष यता मात्रै गरेको नाग्म गमगडी सडकखण्ड २१ करोड ७८ लाख रुपैयाँ खर्च भइसकेको छ । बजेट अनुसार स्तरोन्नति शून्य छ ।

    २० सिटको क्षमताको गाडीमा ५० जना यात्रु 

    कर्णाली राजमार्गमा दैनिक सवारी चापले पनि सडकको अवस्था बिग्रँदै गएको छ । जुम्लाबाट सुर्खेत, नेपालगन्ज जाने लामो दूरीका सवारीले क्षमताभन्दा धेरै यात्रु बोक्ने गरेका छन् ।    

    सवारी साधनले भार थाम्न नसक्ने गरी यात्रु बोक्ने गाडीलाई कुनै कारबाही गरेको देखिँदैन । एक जना सवारी चालकले नाम नलेख्ने सर्तमा गाडीमा  बढी सवारी राखे पनि नराखे पनि एक चेकिङ पोस्टमा ५० रुपैयाँ  दिनुपर्ने बताए ।

    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    Avatar

     
     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार