Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुद्ध र सुनिताको ‘के छ खबर’ मा सागर र उषा


    शुक्रबार, पुष २ २०७८
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। गीतकार हिराकाजी थापा र संगीतकार नागेन्द्र श्रेष्ठको सहकार्यमा तयार भएको ‘के छ खबर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

    पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको सो म्युजिक भिडियाेलाई गीतकार थापाले निर्देशन गरेका हुन् । भिडियोमा मोडल उषा उप्रेती र अभिनेता सागर खनालको अभिनय छ । 

    लामो समयदेखि एकअर्काको प्रेममा रहेका एक जोडीको रोमाञ्चक प्रेम कहानीलाई उषा र सागरका माध्यमबाट निर्देशक हिराकाजी थापाले कलात्मक शैलीमा देखाएका छन् । उक्त गीतमा थापाकै शब्द सृजना रहेको छ । 

    राहुल प्रधानको संगीत संयोजन रहेको गीतमा वरिष्ठ संगीतकार नागेन्द्र श्रेष्ठको संगीत छ । प्रमोद भण्डारीको  कोरियोग्राफी रहेको गीतको भिडियोको छायांकन सागर प्रधानले गरेका हुन् भने सम्पादन अनिल राना मगरले गरेका हुन् ।

    : https://www.youtube.com/watch?v=H6ttuB5ydNo

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार