Nepal Face
  • सोमबार, १ मंसिर २०८३
  • काँग्रेस महामन्त्रीमा दुई ‘युवा ढुकढुकी’ विजयी: कसको कति मत आयो ?


    बिहिबार, पुष १ २०७८
    910
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

    अन्तिम मत परिणामअनुसार गगनले ३०२३ मत पाएका छन् भने विश्वप्रकाशले १९८४ मत पाएका छन् ।

    गगनले उनले खसेको मतको झन्डै दुई तिहाइ मत पाए भने विश्वप्रकाशको पक्षमा ४२ प्रतिशत मत आएको छ । कूल ४६८२ मत खसेको थियो । अन्तिम परिणामको औपचारिक घोषणा हुन बाँकी छ । 

    तेस्रो स्थानमा रहेका प्रकाशशरण १५५६ मत पाएका छन् भने प्रदीप पौडेलले १३९३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ८०९ र राजाराम कार्कीको १०६ मत आएको छ ।

    गगन थापा शेखर कोइराला प्यानलबाट महामन्त्रीका उम्मेदवार बनेका थिए । शेखरकै प्यानलबाट उम्मेदवार बनेका मीनेन्द्र रिजाल भने पाँचौं नम्बरमा आएका छन् ।

    सभापति जितेका शेरबहादुर देउवा प्यानलका उम्मेदवार प्रकाशशरण महत र प्रदीप पौडेल तेस्रो र चौथो भएका छन् ।

    विश्वप्रकाश पछिल्लो समय देउवा प्यानलमै थिए। तर उनले उम्मेदवारी घोषणा गर्दा एक्लै गरेका थिए ।

    देउवा समूहमा आफ्नो नाम नपरेपछि उनले प्रकाशमान सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दिएका थिए ।

    result.jpg.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार