Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • महिलालाई घाँस खुवाएको विज्ञापन बनाएपछि दक्षिण कोरियाकाे डेरी उद्योगले माग्यो माफी


    बिहिबार, पुष १ २०७८
    425
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सीउल।एउटा विज्ञापनमा महिलालाई गाईका रूपमा प्रस्तुत गरेपछि दक्षिण कोरियाको एउटा डेरी उद्योगले माफी मागेको छ । विज्ञापनबारे चौतर्फी आलोचनापछि सीउल मिल्कले माफी मागेको हो । ‘२९ नोभेम्बरमा  सार्वजनिक भएको एउटा दूधको विज्ञापनका कारण असहज महसुस गर्नुहुने सबैसँग हामी माफी माग्छौं,’ कम्पनीले एक विज्ञप्तिमा भनेको छ ।

    सर्वत्र विरोधपछि कम्पनीले युट्युबबाट भिडिओको प्रोमो हटाएको थियो । तर, समाजिक सञ्जालका   प्रयोगकर्ताले फेरि सो भिडियो अपलोड गरेका थिए ।

    के छ विज्ञापनमा ?
    भिडियाे विज्ञापनमा एक पुरुषले चउरमा रहेका महिलाको एउटा समूहको गोप्य रूपमा भिडिओ खिचेको देखाइएको छ । केही समयपछि ती महिलाहरू गाईमा परिवर्तन हुन्छन् । ती महिलाहरु चउरमा बिरुवाको पातबाट चुहेको पानी पिउँदै गरेको र घाँसे मैदानमा चरेको जस्ताे देखिन्छन् ।

    विज्ञापनमा देखाइएको पुरुषको व्यवहारलाई दक्षिण कोरियाको विद्यमान ‘मोल्का’  प्रवृत्तिसँग दाँजिएकाे छ । गैरकानुनी ढंगले अन्य व्यक्तिको लुकेर भिडिओ खिच्नुलाई दक्षिण कोरियामा मोल्का भनिन्छ । परम्परागत रुपमा यसलाई अनैतिक र असभ्य मानिन्छ ।  एजेन्सी 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार