काठमाडौँ, ३ असार । सरकारले अस्पतालहरूलाई चिकित्सकहरूको प्रत्यक्ष परामर्शपछि मात्र विरामीहरूलाई रिफर गर्न निर्देशन दिएको छ।
अस्पतालहरूले आफूखुसी रिफर गर्दा विरामीहरू समस्यामा परेको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ।विरामीहरूलाई एक अस्पतालबाट अर्को अस्पतालमा रिफेर गर्दा सहज समन्वय गर्न पनि मन्त्रालयले भनेको छ।
‘विरामीले उपचार पाउन २/४ वटा अस्पतालहरूमा जान पर्ने बाध्यता भएको र सो क्रममा समयमा आवश्यक उपचार नपाई मृत्यु समेत भएको घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको छ,’ मन्त्रालयले जारी गरेको सूचनामा भनिएको छ।पछिल्लो समय विभिन्न अस्पतालहरूले विरामीहरूलाई कोरोनाको आशंकामा भर्ना लिन नमान्ने र सिधै अर्को अस्पतालमा रिफर गर्ने गरेका छन्।