काठमाडौं, २ असार । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिक सूचना बैंक स्थापना गर्ने प्रक्रिया अघि बढाएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले सरकारको नीति तथा कार्यक्रम अनुसार आर्थिक वर्ष ०७७–०७८ को बार्षिक बजेटमा समेत रहेको कार्यक्रम अनुसार श्रमिक सूचना बैंक स्थापना गर्ने कार्य अगाडि बढेको हो ।
श्रमिक बैंक स्थापना गरी कार्यान्वयन गर्नका लागि मन्त्रालयले विज्ञ समूह गठन गरि कार्य प्रारम्भ गरेको छ । कृषि लगायत श्रम आर्जन गर्न सक्ने जनशक्तिहरु के–कति संख्यामा रहेका छन्, के कस्ता ज्ञान, शिप हासिल गरेका रहेछन्, कुन क्षेत्रमा कति जनशक्ति देशमा कार्यरत छन् र कति वैदेशिक रोजगारीमा रहेका छन् भन्नेबारे एकत्रित जानकारी उपलब्ध गराउने उदेश्यले श्रमिक बैंकको स्थपना गर्न लागेको मन्त्री यादवले बताए ।