Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बैतडीमा मृत अवस्थामा एक वृद्धा फेला परिन्


    मंगलबार, असार २ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बैतडी, २ असार ।चमेलिया नदीमा मंगलबार एक वृद्धा मृत अवस्थामा भेट्टिएकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार बैतडीको दोगडाकेदार गाउँपालिका–६ चमतडीस्थित दार्चुलाको लेकम गाउँपालिका–१ बित्थडकी ७२ वर्षीया झिमा कार्की मृत अवस्थामा भेटिएकी हुन्।

    सोमबार घरबाट एक्कासी वेपत्ता भएकी वृद्धा मंगलबार मध्यान्ह १२ बजे चमेलिया नदीमा मृत फेला परेकी हुन् । नदीस्थित चमतडीमा बालुवा निकालिरहेका स्थानीय बासिन्दाले वृद्धाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकले नदीमा हामफालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । थप जानकारीको लिन जिल्ला प्रहरी प्रमुख डिएसपी नारायणप्रसाद अधिकारीको टोली गएको घटनास्थल गएको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार