विशाल बस्नेत
महोत्तरी । नेपाली कांग्रेस महोत्तरी क्षेत्र नम्बर ३ को झगडा उत्कर्षमा पुगेको छ । निर्वाचनस्थल निर्धारण गर्ने विषयमा दुई पक्षबीच भएको मत विभाजनले मतदान अधिकृत नै बाहिरिएका छन् ।
केन्द्रले नै स्थान निर्धारण नगरेसम्म निर्वाचन गराउन नसकिने भन्दै मतदान अधिकृत हेम बहादुर कार्की बाहिरिएका हुन् ।
संस्थापन इतरका बिमलेन्द्र निधी प्यानल र रामचन्द्र पौडेल प्यानलबीच निर्वाचन स्थल निर्धारण गर्ने विषयमा विवाद सिर्जना भएपछि आफू बाहिरिएको अधिकृत कार्कीले बताए ।
‘आज दिनभर निर्वाचन प्रक्रियालाई अगाडि बढाउन बैठक बसियो । तर, दुई पक्षबीचको झगडाले निष्कर्षबिहीन बन्यो,’ कार्कीले भने । केन्द्रले नै स्थान निर्धारण नगरेसम्म क्षेत्र नम्बर ३ को अधिवेशन विवाद सावधान नहुने उनको तर्क छ ।
एक पक्षले निर्वाचन पिपरा नगरपालिकामा हुनु पर्ने र अर्को पक्षले सदरमुकाम जलेश्वरमा हुनुपर्ने अडान राख्दै आएका छन् । निर्वाचन बिना नै सर्वसम्मतिमा दुवै प्यानलका उम्मेदवारले निर्वाचित हुनुपर्ने अडान राखेपछि पटक-पटक निर्वाचन बिथोलिएको थियो ।
क्षेत्र नम्बर ३ मा कहिले जवर्जस्त निर्वाचन अधिकृतलाई दबाबमा पारेर उम्मेदवार प्रमाणित गर्न लगाउने त कहिले बन्दसत्रमा नै दुई पक्षबीच झडप हुने जस्ता हर्कतले पछिल्लो समय निर्वाचनको वातावरण नै असुरक्षित बन्दै आएको छ ।
सभापतिका आकांक्षीमा मनोज झा, रागबेन्द्र झा र रामु यादव रहेका छन् । मनोज झा र रामु यादव बिमलेन्द्र निधी निकट मानिन्छन् भने रागबेन्द्र रामचन्द्र पौडेल निकट हुन् ।
संस्थापन इतरका दुवै पक्षबीच अन्तिममा आएर निर्वाचन स्थलमा भएको विवादले निर्वाचन नै नगर्ने चलखेल भइरहेको नेपाली कांग्रेस निकट महोत्तरीका नेता तथा कार्यकर्ताले आरोप लगाएका छन् ।
यता मतदान अधिकृत हेम बहादुर कार्कीले स्थान निर्धारण गर्न केन्द्रलाई सुझाव दिएपछि पिपरामा गर्ने कि जलेश्वरमा गर्ने भन्ने विषयमा अहिले केन्द्रमा गृहकार्य भइरहेको केन्द्रबाट महोत्तरीमा आएका निर्वाचन अधिकृत इन्द्र अधिकारीले जानकारी दिए ।
स्थान निर्धारण हुनासाथ तुरुन्तै निर्वाचन गरेर क्षेत्र नम्बर ३ को समस्या सावधान हुने पनि उनको दाबी छ । यसअघि प्यानल उम्मेदवारहरूबीच विवाद हुँदाहुँदै मतदान अधिकृत धिरेन्द्र मण्डललाई जबरजस्ती दबाबमा पारेर प्रमाणपत्र वितरण गरेको भन्दै केन्द्रले क्षेत्र नम्बर ३ को सम्पूर्ण प्रमाणपत्र खारेजी गरी निर्वाचन प्रक्रियामा जान निर्देशन दिएको थियो ।
केन्द्रीय महाअधिवेशनमा सहभागी बन्न बिहीबारसम्म जसरी पनि क्षेत्र प्रतिनिधि निर्वाचित भइसक्नुपर्ने नेपाली कांग्रेसको प्रावधान छ । /न्युज कारखाना
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend